लागु औषध ब्राउन सुगरसहित गुलरियाका दुई पक्राउ
आइतबार, मङि्सर १०, २०८० मा प्रकाशित

बर्दिया,मंसिर १०(फरकसमाचार) / लागु औषध ब्राउन सुगरसहित गुलरियाका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गुलरिया नगरपालिका–११ का ४२ वर्षिय कलिम अहमद मनिहार र ३५ वर्षिय अयोध्या प्रसाद धोबीलाई लागु औषधसहित प्रहरीले शनिबार पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय मैनापोखर, प्रहरी चौकी जमुनी र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगंजबाट खटिएको संयुक्त टोलीले बढैयाताल गाउँपालिका–८ पशुपति बजार स्थितबाट दुवै जनालाई पक्राउ गरेको हो ।

भे ३ प ८३७१ नंम्बरको मोटरसाईकलमा सवार भई भारतबाट नेपाल तर्फ आउँदै गरेका दुवै जनालाई चेकजाँच गर्दा लागु औषध बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जनाको साथबाट १४ ग्राम ९ सय ७० मिलिग्राम लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो रङको धुलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय