बर्दिया क्षेत्र नंम्बर २ बाट पन्थको नाम सिफारिस
मङ्गलबार, पुष १५, २०८२ मा प्रकाशित

बर्दिया,पौष १५(फरकसमाचार) / आगामी प्रतिनिधिसभा निर्वाचनको लागि बर्दिया निर्वाचन क्षेत्र नंम्बर २ बाट सुरेश पन्थको नाम सिफारिस गरिएको छ । कृषक,समाजसेवी र राजनीतिमा राम्रो पहिचान बनाउन सफल भएका पन्थको नाम पुनःसिफारिस गरिएको हो । मधुवन नगरपालिका–४ निवासी पन्थ विस २०७९ सालको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट थोरै मतले पराजित भएका थिए ।

निर्वाचन क्षेत्र नंम्बर २ बाट सिफारिस भएका दुर्गा बहादुर थारु बारबर्दिया नगरपालिकाका पुर्व नगर प्रमुख हुन् । बारबर्दिया नगरपालिकाका ११ वडा मध्ये ३ वडा मात्र क्षेत्र नंम्बर २ मा पर्छ । जसकारण थारुलाई निर्वाचन क्षेत्र नंम्बर १ बाट सिफारिस गर्नुपर्ने कार्यकर्ताको माग छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा र माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीले आइतबार निर्वाचन क्षेत्र नंम्बर १ र २ मा उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ प्रत्यक्ष तर्फ बामदेव गौतम, शक्ति बहादुर बस्नेत, सन्त कुमार थारु, बालकृष्ण खनाल, इन्दिरा सुवेदी र रेशम अधिकारीसहित ६ जनाको नाम सिफारिस गरिएको छ । निर्वाचन क्षेत्र नंम्बर २ प्रत्यक्ष तर्फ दुर्गा बहादुर थारु, लोकराज जैशी, सुरेश पन्थ, चिन्तामणी आचार्य, बम बहादुर रावल, संजय थारु र सीता कुमारी अर्यालसहित ७ जनाको नाम सिफारिस गरिएको छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नंम्बर १ बाट १० जना र क्षेत्र नंम्बर २ बाट ९ जनाको समानुपातिक तर्फ नाम सिफारिस गरिएको छ भने राष्ट्रियसभा निर्वाचनतर्फ ६ जनाको नाम सिफारिस गरिएको विज्ञप्तीमार्फत जनाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय