निर्वाचन प्रहरी छनौटमा नयाँ शक्तिको खेलको आँकलन
बुधबार, माघ १५, २०८२ मा प्रकाशित

निर्वाचन प्रहरी छनौट प्रकरण : सजिलो प्रश्न,मनपर्दी अनुत्तीर्ण

बर्दिया, माघ १४(फरकसमाचार)/ कुनै पनि छनोट प्रक्रियामा कस्तालाई फेल गर्छन् ? यो परीक्षार्थीलाई थाहा हुन्छ । मौखिकमा नाम सोध्ने र बिद्यालयको नाम सोधेर परीक्षा लिदा सबैले सफल हुने आशा गर्नु स्वभाविक कुरा भयो । यस्ता प्रश्नले दक्षता वा क्षमतामाथी प्रश्नोउत्तर नगरेर निर्वाचन प्रहरीको उम्मेदवार सफल भएको आँकलन गर्नु पनि स्वभाविक हो । तर,रातीमा दुई पटक सूचना टास गरेर अन्तिममा परीक्षाफल निकालिदाँ जिल्ला नै आन्दोलित भएको छ । रातारात नयाँ शक्तिको खेल भएको र जिल्ला बाहिरका भर्ना गरेर मोटो रकम असुलेर भर्ना गरिएको आरोप निर्वाचन प्रहरी भर्ना छनौट समितिलाई लागेको छ ।

निर्वाचनको अवसरमा घर खर्च टार्ने मनसाय बोकेका बिपन्न बर्गलाई लिखित सम्म सरासर पास गराएर खर्चको भारी बर्दिया प्रशासनले बोकाएको जिल्लामा आम सर्वसाधारणको तीब्र असन्तुष्टि छ । निर्वाचन प्रहरी छनौट निष्पक्ष नभएको भन्दै जिल्ला प्रशासन र प्रहरी कार्यालय अगाडि प्रदर्शन गरिएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रहरी छनौटमा चलखेल भएको बताउँदै प्रशासन र प्रहरी कार्यालय अगाडि मंगलबार प्रदर्शन गरिएको हो ।

निर्वाचन प्रहरी पहुँचको भरमा छनौट गरिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई गम्भिर आरोपसमेत लागेको छ । यस्तै निर्वाचन प्रहरीको प्रकासित अन्तिम नतिजामा ठेगाना उल्लेख नहुँदा बाहिरी जिल्लाबाट उम्मेदवार ल्याएर भर्ना गरिएकोसमेत असन्तुष्ट युवाहरुको आशंका छ ।

जिल्लामा १ हजार ८ सय २५ नेपाल प्रहरी र २ सय सशस्त्र प्रहरीका लागि गरी २ हजार २५ जना निर्वाचन प्रहरीको लागि आवेदन खुलेको थियो । जसमा पुस २५ देखि माघ १ गतेसम्म तोकिएको अवधिमा ४ हजार ४ सय जनाले जिल्ला प्रहरी कार्यालयमा आवेदन दर्ता गराएका थिए ।
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ति समितिले स्वास्थ्य परीक्षण, लिखित र अन्तर्वातापछि मंगलबार बिहान अन्तिम नतिजा प्रकाशन गरेको थियो ।

अन्तिम नतिजामा नाम ननिस्किएका असन्तुष्ट युवाहरुले मंगलबार बिहान देखि प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । निष्पक्ष छनौट नभई चलखेल भएको बताउँदै युवाहरु प्रदर्शनमा उत्रिएका थिए । निर्वाचन प्रहरी छनौट निष्पक्ष नभएकोले पुनःसच्चाउनु पर्ने माग गर्दै उक्त युवाहरुको समुह मंगलबार दिउँसो प्रशासनमा प्रवेश गरी नाराबाजी गरेका थिए ।

अन्य जिल्लाले माग गर्ने कुरा भईरहेकोले लिखित परीक्षामा अलि बढी संख्यामा नाम निकाल्दा समस्या देखिएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए । ‘चित्त नबुझेकाहरुलाई निवेदन दिन भनेको छु,’प्रजिअ हमालले भने,‘निवेदन आएकाहरुको परीक्षा लिएको कापी पुनःजाँच गर्ने कुरा भईरहेको छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय