समृद्धि ल्याउन शिक्षामा सुधार आवश्यक : डा कोइराला
शनिबार, फागुन १७, २०७६ मा प्रकाशित

विराटनगर, फागुन १७ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सरकारी विद्यालयको गुणस्तर सुधार नगरेसम्म देशमा समृद्धि नआउने बताएका छन् ।

मोरङको बरगाछीस्थित गोग्राहा माध्यमिक विधालय विराटनगरमा आज आयोजित पूर्वविधार्थी भेलामा उनले शिक्षाको विकास नगरी देशमा सोचे अनुसारको सफलता हासिल नहुने कुरामा जोड दिए । उनले समृद्धिको यात्रामा सरकारले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन आमूल परिवर्तन गर्नुपर्ने धारणा पनि राख्नुभयो ।

भेलामा विद्यालयले पूर्वप्रधानाध्यापक सुश्री मीना जोशी, ज्ञानबहादुर बुढाथोकी र दुखाराम गच्छदारलाई सम्मान गरेको थियो । भेलाले पूर्वविद्यार्थी शेखर रेग्मीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ । विद्यालय विसं २००९ मा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय