विकल्प दिएर मात्र संरचना हटाउन काँग्रेसको माग
सोमबार, फागुन १९, २०७६ मा प्रकाशित

दमक, फागुन १९ : नेपाली काँग्रेस झापा, क्षेत्र नं ५ का सभापति ढुण्डीराज भण्डारीले दमक–६ र ७ का सडक आसपासका अव्यवस्थित बसोबासीको घरटहरा नभत्काउन आग्रह गरेका छन् । दमक नगरपालिकाले आइतबार पूर्वपश्चिम राजमार्गसहित सरकारी जमीनका अतिक्रमित संरचना हटाउन डोजर प्रयोग गरेपछि उनले विकल्प दिएर मात्र संरचना हटाउन माग गरे ।

सञ्चारकर्मीहरूसँग आज यहाँ कुराकानी गर्दै सभापति भण्डारीले आफ्नो पार्टी विकास विरोधि नभएको स्पष्ट पारे । अतिक्रमित संरचना हटाउने कार्य नरोकिने सडक व्यवस्थापन तथा शहरी सुदृढीकरण समितिका संयोजकसमेत रहनुभएका दमक– २ का वडाध्यक्ष प्रजापति सापकोटाले स्पष्ट पारे ।

यसैबीच स्थानीय पशुहाट बजारको दक्षिण सडकको जमीनमा बस्दै आएका सात घरपरिवारले नगरपालिकाबाट जबर्जस्ती संरचना भत्काउने कार्य भएको भन्दै पहिले क्षतिपूर्ति दिन माग गरेका छन् । आफूहरू वर्षादेखि त्यहाँ बस्दै आएका भन्दै उनीहरूले विकासको नाममा अवरोध नरहने स्पष्ट पारेका छन् ।

गिरिजाप्रसाद कोइराला फाउन्डेशन गठन

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापामा फाउन्डेशन गठन गरिएको छ । आज दमकमा सम्पन्न भेलाले कोइरालाको योगदानलाई स्मरण गराउने उद्देश्यले बुद्धिराज न्यौपानेको अध्यक्षतामा १९ सदस्यीय फाउन्डेशनको जिल्ला तदर्थ समिति गठन गरिएको जनाइएको छ । गठित समितिको उपाध्यक्षमा राजकुमार गौतम र दीपक काफ्ले, सचिवमा श्यामकुमार लम्साल, सहसचिवमा उमा शिवाकोटी र कोषाध्यक्षमा नेत्र पौडेल रहनुभएको छ । यसैगरी सदस्यमा आशा शर्मा शिवाकोटी, ज्ञानु न्यौपाने, हस्त परियार, बालकृष्ण थपलिया, पदम प्रसार्इं, भूमि राजवंशी, शर्मिला अधिकारी, ज्ञानेन्द्र खत्री, घनेन्द्र सुब्बा, प्रकाश भण्डारी, जगनाथ आचार्य र टङ्क दुलाल रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय