मन्त्रालयको टोलीद्वारा भरतपुर अस्पताल निरीक्षण
मङ्गलबार, फागुन २०, २०७६ मा प्रकाशित

चितवन, फागुन २० : कोरोना भाइरसको संक्रमण देखिएमा त्यसको रोकथामका लागि भरतपुर अस्पतालमा गरिएको तयारीका बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले आज निरीक्षण गरेको छ । मन्त्रालयका  सहसचिव मोमद दाउदको नेतृत्वको टोलीले अस्पतालको निरीक्षण गरेको हो ।

सो अवसरमा दाउदले अस्पतालमा आएका बिरामीको अवस्था र यहाँ आउन सक्ने खतराबारे सजग रहन निर्देशन दिए । छिमेकी देश र रोजगारको सिलसिलामा गएर फर्किएकालाई घरमानै बसेर क्वारेन्टाइन गराउनतर्फ केन्द्रित हुनु आवश्यक रहेको उनको भनाइ थियो ।

अस्पतालमा आएका बिरामीमध्ये विदेशबाट फर्किएका र धेरै घुमफिर गर्नेलाई निगरानी बढाउन उनले निर्देशन दिए । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारीले कोरोना भाइरसको रोकथामका लागि अस्पतालले गरेका पूर्व तयारीका बारेमा जानकारी दिनुभएको थियो । उनले पाँच श्ययाको छट्टै कक्षा (आइसोलेसन वार्ड) स्थापना गरिएको, दुई जना चिकित्सकलाई विशेष जिम्मेवारी (फोकल पर्सन) तोकिएको बताए । ज्वरोका बिरामीलाई छुट्टै परीक्षण गरिएको र विशेषज्ञ चिकित्सकबीचमा नियमित अन्तक्र्रिया गरिएको उनले जानकारी दिए ।

अस्पतलमा अहिले माक्स र पिपी (उपचारका क्रममा लगाइने कपडा) अभाव रहेको भन्दै त्यसको व्यवस्थापनका लागि उनले आग्रह गरे । कोरोनाको संक्रमण फैलन सक्ने भन्दै अस्पतालका स्वास्थ्यकर्मीलाई सचेत गराउने र जनचेतना फैलाउने काम भइरहेको तिवारीले बताउनुभएको थियो । भरतपुर अस्पताल केन्द्रीय अस्पताल हो । यहाँ चितवनसहित २० भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि आउने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय