सुशासन र समृद्धिको युग : मुख्यमन्त्री राई
शनिबार, फागुन २४, २०७६ मा प्रकाशित

सोलुखुम्बु, फागुन २४ : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सुशासन र समृद्धिको युग भएको बताएका छन् । महाकुलुङ गाउँपालिका–१ बुङमा स्थापना गरिएको महाकुलुङ प्राथमिक अस्पतालको उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले जनप्रतिनिधिले जनतालाई छल्ने सुविधा नभएको बताउँछन् ।

उनले केचनाकवचदेखि सगरमाथासम्म फाष्टट्र्याक सडक र केवलकारको महत्वाकांक्षी योजना, मुन्धुम ट्रेल, मध्यमहाडी लोकमार्ग, पाँचपोखरी, महाकुलुङ ताल र एयरपोर्टले गर्दा महाकुलुङ गाउँपालिकाको भविष्य उज्वल रहेको दाबी गरे । प्रदेश नं १ लाई धनी बनाउन पर्यटन र कृषिलाई प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राईले महाकुलुङ अस्पतालको व्यवस्थापनमा सहयोग गर्ने बताउँछन् । प्रतिनिधिसभा सदस्य हेमकुमार राईले विकासमा राजनीति नगर्न आग्रह गर्दै विकासका क्रियाकलापमा गरिने राजनीतिले समृद्धि सम्भव नभएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय