ट्रस पुलले खोला वारपार गर्न सहज
बिहिबार, फागुन २९, २०७६ मा प्रकाशित

रुकुमपूर्व, फागुन २९ : सिस्ने गाउँपालिका वडा नं ८ को जामाखोलामा ट्रस पुल निर्माण गरिएको छ । जामाखोलामा झिमखोला–लम्पाकोट जोड्ने ट्रस पुल निर्माण भएसँगै जोखिमपूर्ण यात्रा सहज भएको हो । विशेष गरेर उक्त पुलले वडा नं ७ र ८ का स्थानीयलाई सहज भएको सिस्ने गाउँपालिकाले जनाएको छ ।

जामाखोलामा हरेक वर्षको वर्षात्को समयमा बगेर धेरैले ज्यान गुमाएका पनि छन् । अब भने त्यस्तो समस्या टरेको गाउँपालिका अध्यक्ष कुमारी बरालले बताए । जनताको माग र आवश्यकताअनुसार स्थानीय सरकारको पहल र लगानीमा पुल निर्माण गरिएको उनको भनाइ छ । एक गाउँबाट अर्को गाउँ जाँदा पनि ज्यानलाई जोखिममा राखेर हिँड्ने गरेको दिन सम्झँदै अब भने ती दिन गएको स्थानीय सुनिता रावलले बताए ।

उक्त खोलामा संघीय सरकारको १९ लाख २६ हजार ४८०, सिस्ने गाउँपालिकाको र एक लाख ३३ हजार ६७१ र ४४ हजार ५५७ बराबरको जनश्रमदान गरी जम्मा २१ लाख पाँच हजार ७०८ रुपैयाँको लागतमा ३२ मिटर लामो ट्रस पुल निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय