नेपाली काँग्रेसको १४ औं महाधिबेशन
राम प्रसाद चौहान
बर्दिया, असोज ७
नेपाली काँग्रेसको १४ आंै महाधिवेशनबाट क्षेत्रिय प्रतिनिधि चयन प्रक्रिया कतै सर्वसहमति र कतै निर्वाचन भएको छ । अधिकांशमा कुनै कुनै पदमा निर्वाचन भएको छ ।
गुलरिया नगरपालिकाकी उप–प्रमुख शुशिला गिरी र गुलरिया १० नम्बर वडाका अध्यक्ष विरेन्द्र चौधरीले हार व्यहोर्न परेको छ । गुलरिया ४ नम्बर वडामा अन्य पदमा सहमति भएपनि क्षेत्रिय महिला प्रतिनिधि र क्षेत्रिय मधेशी पुरुष प्रतिनिधिमा निर्वाचन भएको निर्वाचन अधिकृत प्रकाश गौतमले बताए ।
फरक समाचार संबाददाताले निर्वाचन अधिकृत गौतमसंग जानकारी लिदा गुलरिया नगरपालिकाकी उप–प्रमुख गिरी पराजित भएको जानकारी दिए ।
स्रोतका अनुसार गुलरिया नगरपालिकाकी उप–प्रमुख गिरीले क्षेत्रिय महिला प्रतिनिधिमा पराजय व्यहोर्न परेको हो । यस्तै गुलरिया नगरपालिका १० मा वडा प्रतिनिधि र वडा कार्य समितिका लागि निर्वाचन भएको थियो ।
गुलरिया नगरपालिका वडा नं. १० का अध्यक्ष चौधरी पराजयको शिकार बन्नु परेको छ । वडा प्रतिनिधि चयनको लागि भएको निर्वाचनमा गुटगत हाबी भएको कार्यकर्ताले दाबी गरेका छन् ।
निर्वाचनमा क्षेत्रिय प्रतिनिधि नआएसम्म उम्मेदवार बन्न नसकिने प्रावधान छ । वडा प्रतिनिधिमा ल्याउँन गुटगत सक्रिय भएर कसैलाई वडाबाट आउट गर्ने गरि केहि तत्व लागि परेको समेत यतिखेर टिकाटिप्पणी चलिरहेको छ ।
अगामी निर्वाचनमाा क्षेत्रिय प्रतिनिधि आए आफै विच प्रतिस्पर्धा हुने त्रासले क्रियाशिल भराउँदा देखि चलखेल गर्दै आएका समुह नै हार वा जित गराउँन लागिरहेको स्रोतको दाबी छ ।