बर्दियामा सिमसिमे वर्षात
बिहिबार, जेठ २७, २०७८ मा प्रकाशित

बर्दिया, जेठ २७ (फरकसमाचार) जिल्लाको सदरमुकाम गुलरियामा आज बिहानबाट सिमसिमे वर्षात भईरहेको छ ।

 

आज बिहानबाट बादल लागेको छ । बादल लागेसंगै सिमसिम वर्षा भईरहेको छ । गड्याङ गुडुङ बादल गर्जनको आवाज सुनिएको छ । बदली भएकोले र सिमसिमे वर्षात भएकोले खासै गर्मी महसुस भएको छैन ।

 

जल तथा मौसम कार्यालय कोहलपुरका अनुसार आज दिनभरी बदली रहने छ । बांके, बर्दिया जिल्ला र आसपासको क्षेत्रमा बढिमा ५ मिलिमिटर सम्म (न्युन–सिमसिम) वर्षा हुन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय