महिला स्वास्थ्य स्वयमसेविकाले भने : ‘हामी प्रधान मन्त्री ओली चिन्दौनौ, नगर प्रमुख यादव चिन्छौ’
शनिबार, मङि्सर २०, २०७७ मा प्रकाशित

राम प्रसाद चौहान
मंसिर २० बर्दिया/गुलरिया नगरपालिकाको माथील्लो तलाको सभा हलमा शनिवार दिउँस ८० जना महिला स्वास्थ्यकर्मी हुन्छन ।
१७ औ सामुदायिक महिला स्वास्थ्य स्वमसेविका दिवसमा सहभागी हुन आएका ती महिला उत्साहित देखिन्छन् ।

गुलरिया नगरपालिकाको सभाहलमा आयोजना गरिएकोे कार्यक्रमका प्रमुख अतिथि एवम नगर प्रमुख मुक्तिनाथ यादव हतारोमा ड्यासमा बस्छन् ।

त्यतिवेला उत्साहित महिला स्वास्थ्य स्वयमसेविकाले नगर प्रमुख यादव ड्यासमा बस्न नपाउँदै पिटेको थपडिले हल गुञ्जामान हुन्छ ।
शनिवारका दिन र व्यस्तताका विच नगर प्रमुख यादव,उप प्रमुख शुशिला गिरी ,प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेको उपस्थित देख्दा आशाको भारी बोकेर आएका स्वयम सेविका नगरपालिका उच्च पदस्थ समक्ष भारी विसाउँन कत्ति बेर लगाउँदैन । अवकास पाउँने उपदान र अहिले सम्म पाएका सरकारी सेवाको बारेमा बेलि विस्तार लगाउँछन ।

६० वर्ष पछि पाउँने अवकाश उपदान २० हजार साडी समेत किन्न नपुग्ने व्यग्य गर्छन ।
कार्यक्रममा उपस्थित सहभागीले गुलरिया नगरपालिका उच्च पदस्थको सहभागी कार्यक्रम ओज बढेको ठानेपछि अतिथिको मन्तव्यको पखाईमा बसेका स्वास्थ्य स्वयम सेविका तीन घन्टा वितेको पत्तै पाउँदैनन् ।

भाईटल पोष्टका नगर प्रमुख,उप प्रमुख र कार्यकारी देखेपछि अन्य अतिथिको हसिलो अनुहार हुदा एक किसिमको रौनकका साथ कार्यक्रम सुरु हुन्छ ।
दिवसमा सहभागी अतिथिलाई लाई गीत बाट स्वागत गरिन्छ । कार्यक्रमको जानकारी गराउँदा मन्तव्य दिन उभिएकि महिला स्वास्थ्य स्वयमसेविका पनसरा रिजाल आशा भारी विसाउँदै भन्छिन ,‘हामी प्रधान मन्त्री ओली चिन्दैनौ, नगर प्रमुख यादव चिन्छौ ।

आशा आशै जिउँँन पर्ने उल्लेख गर्दे उनले विसाएको भारीले ड्यासमा बसेका अतिथिहरुको मन पोलेको सहजै अनुहारमा पढन सकिन्थ्यो ।
हामीलाई हेरिदिने को छ र हजुर, प्रधानमन्त्री चिन्दैनौ भनिरहदा कार्यक्रमका प्रमुख अतिथि यादव शोच मग्न देखिन्थे । मन्तव्यलाई आफ्ना भनाई थाति राखेर बसेका नगर प्रमुख भन्छन,‘वच्चा नरोए,आमाले दुध खुवाउँदैन, तपाईको अहिले सम्म कहाँ हराउँनु भयो ।’

आफ्ना माग नगरपालिका समक्ष नपुगाउँन नसकेको नगर प्रमुख यादवले भनिरहदा महिला स्वास्थय स्वयम सेविका मुखामुख गरे ।नगर प्रमुख मुत्तिनाथ यादवले कोरोना विमा तत्काल गरिदिने र जिवन विमाका लागि परिषदमा पास गर्ने घोषणा गर्दा महिला स्वास्थ्यकर्मी पनि भावविहल भएका थिए ।अवकाश पछि दुई लाख व्यस्था मिलाउँनको लागि टिम वर्क गर्छु भनेर नगर प्रमुख यादव प्रतिबद्धता गर्दा सभा हलमा खसीयाली छायो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा जन स्वास्थ्य प्रमुख गोर्कण गिरीले तपाईको कामले जनप्रतिनिधि प्रतिनिधित्व गर्न पाएको उल्लेख गर्दे स्वास्थ्य सेवामा पुराएको उल्लेखनिय योगदान चर्चा गरे । भारी जिउँ हुदा देखि गर्भवति हुदा सम्मको हेरचाहले बाल र आमा मृत्यु दर घटेको सह्रानिय कामको प्रशंसा उप प्रमुख शुशिला गिरीले गरिन ।‘समाज सेवा गर्न हजुर खटिएको भएपनि भोको पेट कसरी भर्ने चिन्ता छ’बिगत स्मरण गर्दे गिरीले भनिन,‘हामी पनि समाज सेवा गर्न हिँडेको हो, जनप्रतिनिधि भएपछि सुबिधा लिएका छौ ।

’धैर्य गर्नुस ,समस्याको समाधान गर्छो भन्ने उल्लेख गरेपछि आशाबादी महिला स्वयम सेविकाका मलिन अनुहार उज्याला भए ।यस्तै कार्यक्रम सम्बोधन गर्दे नगर प्रमुख यादवसँगको समन्वयमा नगरपालिका उपलब्ध गराउँने सेवा सुविधा कमि नहुुने भन्दै प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने आश्वस्त पारे ।‘जनप्रतिनिधि सबै तपाईको हरुको काम प्रति सन्तोष केहि केहि राहत स्वरुप नगरपालिका सेवा दिन्छ,’उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय