गोमा परियारको कोरोना भाइरस गीत सार्वजनिक
मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित

काठमाडौँ, चैत ११ : लोक तथा दोहोरी गायक नरेश खाती र गायिका एलिना चौहानको आवाजमा कोरोना भाइरस सम्बन्धी जनचेतनामुलक गीत सार्वजनिक भएको छ ।

पत्रकार गोमा परियारको शब्द तथा गायक खातीको संगीत रहेको कोरोना भाइरस सम्बन्धी चेतनामुलक गीत मेक्समनरेश अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको हो

विश्वभर आक्रामक रुपमा फैलिरहेको कोरोनाको संक्रमणबाट कसरी जोगीने र संक्रमण भैहाले कसरी उपचार गर्ने, सावधानी के कस्ता अपनाउने भन्ने कुराहरुको जानकारी दिन तयार पारिएको सन्देशमुलक गीतमा कलाकारहरु दिपा श्री निरौला, कोमल वली, बद्री पंगेनी, रमेश विजी, पशुपति शर्मा, उमेश राई, फुँलन्देकी आमा, राजेन्द्र नेपाली लट्टे, ईश्वरी खाती र पत्रकार ऋषि धमलाको अभिनय रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय