युट्युबमा ‘पन्चे बाजा’
शनिबार, चैत २२, २०७६ मा प्रकाशित

काठमाडौं, चैत २२ : विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीले प्रायजसो मानिस होम क्वारेन्टाइनमा छन् । लामाे समयदेखि लकडाउन हुँदा घरमा बसेर समय विताउने माध्यम बनेकाे छ युट्युब । फिल्म हललगायत मनोरञ्जनका क्षेत्र बन्द छन् । पहिल्लो समय युट्युबमा अपलोड भएका फिल्मले अनलाइनमा राम्रो भ्युज पाएका छन् ।

यस्तै एक साताअघि युट्युबमा अपलोड भएको नेपाली फिल्म पन्चे बाजा अहिले नेपाली युट्युब ट्रेन्डिङ थ्री मा छ । अहिलेसम्म साढे २५ लाख भन्दा बढिले फिल्म हेरिसकेका छन् । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाजले लेखेका हुन् ।

सौगात मल्ल,कर्म, बुद्धि तामांग, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे अभिनिय गरेका छन । फिल्ममा जेशन कुँवर (नाइट ब्याण्ड) को पार्श्व संगीत, हरि घले लामाको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको द्वन्द रहेको छ । फिल्मका निर्माता राजेश शाही हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय