काठमाडौं, चैत २४ : चर्चित पत्रकार ऋषि धमल" />
नेपाली चलचित्र ‘अनुराग’ युट्युबमा
सोमबार, चैत २४, २०७६ मा प्रकाशित

काठमाडौं, चैत २४ : चर्चित पत्रकार ऋषि धमलाकी पत्नी एलिजा गौतम नेपाली कथानक अभिनित चलचित्र ‘अनुराग’  ओ.एस.आर. डिजिटलमार्फत आजबाट युट्युबमा सार्वजनिक गरिएको छ । सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र  ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको हो । उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् ।

यस चलचित्रमा एलिजा गौतम, समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका छ । चलचित्रको निर्मातामा  भरत गौतम र गीता भेटवाल हुन् । चलचित्रमा लाइन-प्रोड्युसर दिपक गौतम रहेका छन् भने निर्माण नियन्त्रक नबिन पुरी  हुन् ।
रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको  छ  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय