काठमाडौं, चैत २६ : भूग" />
५ अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
बुधबार, चैत २६, २०७६ मा प्रकाशित
काठमाडौं, चैत २६ : भूगोलले जस्तै राजनीतिक–सांस्कृतिक हिसाबले पनि दक्षिण अमेरिकी देशका धेरै कुरा मिल्दाजुल्दा छन्। उपनिवेश र प्रतिरोधको साझा इतिहास र स्मृति बाँचेका उनीहरूबीचको समानता र भिन्नता त्यहाँ बन्ने फिल्महरूमा प्रतिविम्बित हुन्छ। यस पटक युट्युबमा अंग्रेजी सबटाइटलमा हेर्न पाइने पाँच दक्षिण अमेरिकी निर्देशकका फिल्ममा पनि यो विशेषता देखिन्छ।

इन्नोसेन्ट भ्वाइसेज ९२००५०

सन् १९७९ देखि १९९२ बीचको बाह्र वर्ष, तीन महिना। एल साल्भाडोरका जनताले गृहयुद्धको चेपुवामा यति नै लामो समय बिताउनु परेको थियो। यहाँ भएको सकरारी पक्ष र विद्रोही पक्षबीचको युद्धमा हजारौंंको मृत्यु र लाखौं विस्थापित भएका थिए।

ुइन्नोसेन्ट भ्वाइसेजु त्यही द्वन्द्वको समयको साक्षी बनेको पात्र चाभाको कथा हो। ऊ फिल्मको कथावाचक पनि हो।

चाभाको परिवार, उसका साथीसंगी, आफन्त र उसले पढ्ने स्कुलको परिवेश र पात्रको माध्यमबाट फिल्ममा युद्धमा निर्दोष नागरिक र बालबालिकामाथि भएको सैनिक दमनको चित्रण गरिएको छ।

युद्धकै कारण बुबाले घर छोडेर अमेरिका हिँडेपछि चाभा उसकी आमाले भनेजस्तै घरको ुम्यान अफ द हाउसु भएको छ। चाभाको घरमा उसकी आमा, दिदी र भाइ छन्। तीन साना बच्चा हुर्काउन दिनरात खट्ने चाभाकी आमाको अनुहारमा हरघडी सन्तानप्रतिको चिन्ता झल्किन्छ। हरेक साँझ कर्फ्यु लाग्ने उनीहरूको दैनिक बन्दुकबाट निर्देशित छ। कुन बेला कताबाट गोली चल्ने भन्ने भयबीच बाँचेका छन्।

सैनिकहरूले गाउँका १२ वर्ष पुगेका केटाहरूलाई सैनिक सेवामा भर्ती हुन लिएर जाने भएकाले पनि चाभा र उनका साथी हरेक दिन स्कुल जाँदा भयभित हुन्छन्। सैनिकले नलगे विद्रोहीले लैजाने भएकोले यो गाउँमा १२ वर्ष हुनु राम्रो संकेत हैन। चाभा पनि १२ वर्ष पुग्न एक वर्ष मात्र बाँकी छ। ऊसँग सैनिक वा आफ्नो अंकलसमेत लागेको विद्रोही सशस्त्र समूहतिर लाग्नुपर्ने विकल्प मात्रै छ।

के चाभा सशस्त्र समूहतिर लाग्लारु के चाभालाई सैनिकले समातेर बन्दुक बोकाउलारु

१२ वर्ष पुगेका बालकहरू सबै टिनको छानामा लुकेको दृश्य, स्कुलमा सैनिकले आएर केही बच्चाहरूलाई पक्रेर लैजाँदा अन्य बालबालिकाको अनुहारमा देखिने डर, स्कुलमा पढिरहेका बेला दोहोरो ुफायरिङुको घटना, घरको कोठामा पटक पटक गोली छिरेर चाभाको भाइ रुने जस्ता मार्मिक दृश्य धेरै छन्। गोली चलेर रोइरहेको भाइलाई हँसाउन आफ्नो गालामा लिपिस्टिक लगाउने चाभा देखेर उसको भाइ हाँस्ने क्षण को भावुक नहोलारु

द्वन्द्वको कथा भए पनि यो फिल्ममा रमाइला घटना धेरै छन्। धेरै जना सहायक बालपात्र भएको यो फिल्ममा बालसुलभ निर्दोष गतिविधिले दर्शकलाई हँसाउन छोड्दैन। संकटबीच पनि पात्रहरू हाँस्न छोड्दैनन्। चाभा र उनकी आमाको साहसिक भूमिकाले पनि दर्शकलाई बलियो बनाउँछ।

७० हजारभन्दा बढी मानिसको मृत्यु भएको साल्भाडोरमा गृहयुद्धका बेला हजारौं बेपत्ता र विस्थापित भएका थिए। यो फिल्ममा झन्डै दस वर्ष सशस्त्र द्वन्द्व भोगेका नेपाली दर्शकले महशुस गर्ने धेरै कुरा भेटिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय