नेपाली चलचित्र ‘स्कुल’ युट्युबमा
मङ्गलबार, बैशाख ०२, २०७७ मा प्रकाशित

काठमाडौँ, वैशाख २ : सरकारले लकडाउनको घोषणा गरेपछि नेपाली चलचित्र ‘स्कुल’ युट्युबमा सार्बजनिक भएको छ । लकडाउनमा फिल्म हल बन्द भएपछि फिल्म निर्माताहरुको सहमतिमा फिल्मलाई युट्युबमार्पत सार्बजनिक गरिएको छ ।

विभिन्न कारणहरूले ५, ६ वर्ष देखि हलहरूमा प्रदर्शन हुन नसकेकाे स्कूलकाे पृष्ठभूमिमा निर्मित नेपालकाे एकमात्र आध्यात्मिक चलचित्र स्कूल युट्युबबाट प्रदर्शन भएको छ । दादा साहेब फाल्के फिल्म फिस्टिभलमा अफिसियल सेलेक्शन अनि ईन्डियन सिने फिल्म फेस्टिभल मुम्बई बाट स्पेशल फेस्टिभल मेन्शनकाे उपाधि जित्न सफल भएकाे चलचित्र हाे ‘स्कुल’ ।

चलचित्रमा विजय लामा, सुस्मिता, नीर शाह, बि एस राणा, रविन्द्र खडका, रवि गिरी, धिरेन्द्र राज थापा लगायतकाे कलाकारहरूकाे अभिनय रहेका छ । प्रोफेसर सामर्थ्य बहादुर सिंह, बिरेन्द्र मान श्रेष्ठ र विश्व बस्नेत को प्रस्तुतिमा राजु बिक्रम थापा र लोक चन्द्र थापा को छायांकन, कृष्ण पौडेल को मुख्य सहायक निर्देशन तथा कोरियोग्राफी रहेको छ।

चलचित्र लाइ सम्पादन रजनी पन्त, राहुल के सी, योगराज खनाल र युबराज खत्रीले गरेका हुन् । द्वन्द मा चन्द्र पन्त रहेका छन्। चलचित्र मा गीत को शब्द विश्व बस्नेत र चेतन कार्की को रहेको छ जसलाई संगीत भुपेन्द्र रायमाझी र बिजय लामा ले गरेका छन्। साथै कथा परामर्श सुबास सिंह बस्नेत को रहेको छ।

चलचित्र लाई निर्देशन विश्व बस्नेत ले गरेका हुन । विद्यार्थी, शिक्षक, अभिभावक तथा अन्य सबैले हेर्नै पर्ने भएकाे निर्देशककाे सुझाव दिएका छन् । बन्दकाे अवसरमा नेपाली चलचित्र हेरेर जनतालाइ मनोरन्जनात्मक दिन चलचित्रकर्मीहरू लागिरहेका छन ।

https://youtu.be/iQ3VX-RtRgE

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय