सांसद अधिकारीबाट कोषमा सहयोग
मङ्गलबार, बैशाख १६, २०७७ मा प्रकाशित

कास्की, वैशाख १६ : पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य खगराज अधिकारीले पोखरा महानगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा रु ५० हजार सहयोग गरेका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद अधिकारीले महानगरपालिका प्रमुख मानबहादुर जिसीलाई सो रकम हस्तान्तरण गरेका हुन् । सो अवसरमा उनले बन्दाबन्दीका कारण कोही पनि भोको बस्नुपर्ने अवस्था आउन नदिन प्रभावकारी एवं व्यवस्थितरूपमा राहत वितरण गरिनुपर्नेमा जोड दिए ।

सांसद अधिकारीको पहलमा रुपा गाउँपालिका–६ रुपाकोटमा रहेका मुस्लिम समुदायका १ सय २५ परिवारका लागि राहत प्रदान गरिएको छ । उनले चामल, तेल, दाललगायत दैनिक उपभोग्य राहत सामग्री गाउँपालिकाका अध्यक्ष नवराज ओझालाई हस्तान्तरण गरेका थिए । अध्यक्ष ओझाले रु डेढ लाख बराबरको दैनिक उपभोग्य राहत सामग्री तत्कालै मुस्लिम समुदायलाई वितरण गरिएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर