बर्लिन सम्मेलनको सुरक्षा परिषदद्वारा स्वागत
बुधबार, माघ ०८, २०७६ मा प्रकाशित

बर्लिन, माघ ८ : जर्मनीको बर्लिनमा सम्पन्न लिबिया सम्मेलनबाट निक्लिएको निष्कर्षलाई संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले स्वागत गरेको छ ।  बर्लिन सम्मेलनको निष्कर्षलाई अनुसरण गर्न आगामी दिनमा थप छलफल गर्ने गत जनवरीमा परिषद्को अध्यक्षता सम्हाल्नु भएका संयुक्त राष्ट्रसङ्घका लागि भियतनामका राजदूत दाङ दिन्ह क्वेले बताए ।

स्थायी युद्धविरामसहित राजनीतिक समाधानका लागि सहजीकरण गर्न तोकिएका लिबियाका लागि संयुक्तराष्ट्रका दूत घसान सलामलाई पुनःसमर्थन गरेको छ । परिषद्का सदस्यले लिबियाका युद्धरत पक्षलाई बर्लिन सम्झौता बमोजिम युद्धविरामको कार्यलाई छिटोभन्दा छिटो सम्पन्न गर्न सलामलाई आग्रह गरेका छन् ।

लिबियामा युद्धविरामपछि राजनीतिक प्रक्रिया आरम्भ गर्न संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले आह्वान गरे । बर्लिन सम्मेलनका सहभागीबीच द्वन्द्व समाधान गर्ने विषयमा छलफल भएको, हतियारको प्रयोग रोक्ने र शान्ति स्थापनाका लागि सबैले पहल गर्ने विषयमा छलफल भएको थियो ।

आइतबारदेखि बर्लिनमा शुरु भएको यस सम्मेलनमा टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिलगायत विश्वका नेता सहभागी भएका थिए । लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर मर्केलको संयोजकत्वमा उक्त सम्मेलनको आयोजना गरिएको हो ।

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरिएको थियो । सो सम्मेलनमा मध्यस्थताका लागि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँ र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सहभागी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय