उपत्यकाका १९१ पत्रकारको कोरोना परीक्षणका लागि स्वाब संकलन
मङ्गलबार, जेठ ०६, २०७७ मा प्रकाशित

काठमाडौं, जेठ ६ : काठमाडौं उपत्यकाका १९१ जना पत्रकारको कोरोना परीक्षणका लागि मंगलबार स्वाब संकलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिको आयोजना तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबार महासंघमा केन्द्रीय कार्यालयमा सञ्चारग्राममा १ सय ९१ जना सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड –१९) परिक्षणका लागि स्वाब संकलन गरिएको हो ।

स्वाब संकलन गरिएकामा विभिन्न छापा, अनलाइन, रेडियो र टेलिभिजनमा कार्यरत पत्रकार भएको बताइएको छ । अब उनीहरूको पीसीआर बिधिबाट परीक्षण गरि नतिजा सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय