रोटर्याक्ट क्लव अफ पोखरा मिडटाउनमा नयाँ नेतृत्व
बिहिबार, जेठ १५, २०७७ मा प्रकाशित

पोखरा, जेठ १५ : रोटर्याक्ट क्लव अफ पोखरा मिडटाउनको नयाँ नेतृत्व चयन भएको छ । हालै सम्पन्न भएको क्लवको दोस्रो एसेम्व्लीले २०२०–२१ का लागि सुवास आचार्यको अध्यक्षतामा नयाँ समिती चयन गरेको हो ।
कार्यक्रमको अध्यक्षता क्लवका अध्यक्ष सुजन वावु अधिकारी ले गरेका थिए भने कार्यक्रममा क्लवका पुर्व अध्यक्ष निर्देशन कुमार चुलाज्यु र अच्युत पौडेल ले नयाँ समिती लाई वधाइ तथा सुभकामना दिएका थिए ।

यसै गरि समिती मा प्रेसिडेन्ट इलेक्ट सञ्जय गौतम उपाध्यक्ष मा समिता शाही पौडेल, सन्देश पराजुली, सचिव रवि रञ्जित, कोषाध्यक्ष रविन सिहं ठकुरी , सह सचित गंगा सुुवेदी, एव डाइरेक्टरहरुमा क्रमश विनित कुमार छन्त्याल,उन्नती गुरुङ्ग,सञ्जय अधिकारी,रुवि रञ्जित रहेका छन् भने सर्जनेट आर्म स्लोक ताम्राकार,मिडीया तथा आइटि रोशन भट्टराइ,एडिटर गणेश रिमाल,एवं रोटरी रिलेसन अफिसरमा क्लवका पुर्व अध्यक्ष अच्युत पौडेल सहित १७ जना रहेका छन् ।

विभिन्न सामाजिक कार्य गर्दै आइरहेको क्लव २००४ फेव्रुवरी ६ मा रोटरी क्लव पोखरा मिडटाउन दारा चार्टड भएको हो साथै विभिन्न सामाजिक कार्य गर्दै पोखरामा अग्रणी स्थानमा रहदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय