बलेको ‘धोका भो’ भिडियो सार्वजनिक
बुधबार, असार ३१, २०७७ मा प्रकाशित

काठमाडौं, असार ३१ : करिब ७ बर्षबाट हास्यकलाकारको रुपमा आफ्नो पहिचान बनाएका सागर लम्साल ‘बले’ म्युजिक भिडियोमा पनि सोहि अनुसार रमाईलो  र डान्सिंग भिडियोमा फिचर हुदै आएका छन् ।  म्युजिक भिडियोका लागी ‘बले’ हिट नाम बनिसकेको छ । सागर पनि आफुलाई अझ निखारेर परिवर्तित गर्ने कोसिसमा रहेका छन् । सोहि प्रयास अन्तर्गत बले फिचर नया भिडियो सार्वजनिक भएको छ।

‘धोका भो’ बोलको गीतको भिडियोमा बलेले मनछुने अभिनय गरेका छन्।  गीतमा सन्तोष सुनारको शब्द, संगीत र आवाज रहेको छ।  गीतको भिडियोमा प्रेम गर्ने जोडीको  बीचमा जातले खेलेको भूमिकालाई प्रस्तुत गरिएको छ।  गीतमा सागरको साथमा रोशनी कार्की फिचर रहेकी छिन्।  मनोज बस्नेतको कन्सेप्ट र निर्देशन रहेको भिडियोलाई राजकुमार केसीले खिचेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय