‘मेरो बाबा’ म्युजिक भिडियो सार्वजनिक
शनिबार, साउन ३१, २०७७ मा प्रकाशित

काठमाडौं, साउन ३१ : गीतसंगीतको माहोल खस्किदै गैरहेको बेला सामाजमा घटेका अतुलनीय घटनालाई समेटेर नितान्त जिबनमा आमाबुवाको आवश्यकता के कति हुन्छ भन्ने कुरालाई चित्रण गरेर दर्जनौ कलाकारहरुको स्वरमा रहेको गित ’मेरो बाबा’ सार्वजनिक भएको छ । जुन गीतमा डि.आर सुजनको परिकल्पना तथा रचना गरेका छन् ।

म्युजिक भिडियो तथा गीतले धेरै चर्चा कमाउन सफल त् भयो नै डि.आर सुजनको चर्चा पनि हुन थाल्यो । गीत संगीतको व्यापक माहोलमा ‘फुली नाकैमा’ गीतको चर्चा सेलाउन नपाउदै डि।आर सुजन आफैले निर्देशन, संगीत,शब्द, तथा अभिनय समेत गरेको डि.आर सुजनको आफ्नै प्रस्तुतिमा रहेको म्युजिक भिडियो ‘दुखि बाहुन’ले पनि सार्वजनिक गरेसङै निकै चर्चा कमाएको थियो ।

जिन्दगीको आफ्नै परिभाषा छ । जसले जे भोग्यो त्यहि हो बास्तविक जिन्दगी । सबैका आ–आफ्नै परिभाषा र भोगाई छन् । कसैले जिन्दगीलाई एउटा खुल्ला किताब हासो रोदन, कथा व्यथाको अनुपम गाथा ठानेका हुन्छन । कसैले जिन्दगी रंगी बिरंगी सपना संघर्ष र चुनौती झेल्दै अविरल बग्ने नदी ठानेका हुन्छन्। भन्छन कोइ जिन्दगी स्वचालित औजार नै हो आशा निरासाको भारि बोक्ने एउटा छोटो यात्रा हो दुखीगरिबको लागि त जिन्दगी घरि घरि घोच्ने काडा नै हो जस्तो लाग्छ । सबै रमाई रहेको बेला दुखी हुन सकिदैन तर खुसी र हर्षको उल्लास र उमङ्गको महसुस भने गर्न सकिदैन सायद । सगै हिड्न ‘पाइलाको लम्बाइ’ समान हुनु पर्ने होइन रहेछ ‘मन र बिचार’को लम्बाइ ‘समतल’ हुनु पर्ने रहेछ यसै बिचको उपहार हो जिन्दगी । आजभोली यस्तै गराई भोगाईका कतिपय जिन्दगीका आयामहरू म्युजिक भिडियो मार्फत आउने गरेका छन् ।

जिन्दगीमा अनेक प्रकारका हन्टर, दुख कष्ट, हरेक हाँसो र मुस्कान भित्र पिडा र खुसी सम्मीश्रण लुकाउँदै समयसँग लुकामारी गर्दै यहाँसम्म पुगेका छन् । जसले कहिले हार्न जानेनन उनले हार्न सिकेनन् । यसको प्रतिफल आज यो ठाउमा छन् । बस् १ उनले बदले आफैंलाई । बदले जिन्दगीलाई हेर्ने दृष्टि। बदले सौन्दर्य पारख गर्ने तराजु । प्रचलित परिभाषाभन्दा बाहिरको जीवन । सुन्दर र शानदार । गीतसंगीतको क्षेत्रमा लामो संघर्ष बिताए पनि छोटो समयमा लाखौ दर्शक स्रोताको नजरमा पुगे । उनी हुन् डि.आर सुजन ।

डि.आर सुजन लामो समयदेखि कलाकारितामा अगाडि बढीरहेका कलाकार हुन् । सानै उमेर देखि गित संगीत,नाटक रुचि राख्ने सुजन सुमधुर आवाज छ भने आकर्षक व्यक्तित्वका भएका हसिलो मिजासिलो स्वभावका मिलनसार व्यक्तित्व छन् । पछिल्लो समयमा नयाँ पुस्ताहरू पनि यसै क्षेत्रमा धेरै आईरहेको पाईन्छ। धेरै सफल पनि भैरहेका छन् भने कोही क्षणीक अवधि पछि यो क्षेत्र बाट हराईरहेका छन् । मोडलिङ क्षेत्रमा प्रशस्त सम्भावनाहरू रहेका छन् भने क्षमताबान तथा कला भएकाहरूको लागि आफु चर्चित हुने राम्रो मध्यम पनि हो । वास्तवमा कलाकारिता एउटा रहर मात्र होइन, जहाँ गर्न सके नाम र दाम दुवै कमाउन सकिन्छ । त्यसैले पनि मोडलिङ वा कलाकारितालाई धेरैले आफ्नो रुचि र इच्छाको रुपमा लिएको पाइन्छ ।

विभिन्न म्युजिक भिडियोमा समेत कुशल अभिनय गरिसकेका सर्जक,गायक तथा मोडल डि।आर सुजन एक पछी अर्को सफलता चुम्दै छन् भन्दा फरक पर्दैन । यसै क्रममा मोडलिङ क्षेत्रलाइ ब्यबसायिक रुपमा अगाडी बढाउने सोचका साथ सम्भाबना सहित पछिल्लो समयमा गीतसंगीतका हरेक पाटो मोडलिङमा प्रवेश गरेका हुन डि।आर सुजनले । बिगत लामो समय देखि गित संगीतमा संघर्ष गर्दै गर्दा केहि महिना अगाडी बजारमा आएको सतिश अधिकारीको परिकल्पनामा आयुषा गौतम र राजु परियारको स्वरमा रहेको”फुली नाकैमा”गीतबाट झन् चर्चा चुलिएको हो । ‘फुली नाकैमा’गितमा उनले संगीत तथा निर्देशन गरेका थिए । यतिबेला करोड क्लबको नजिक पुगेको छ,गीतसंगीतको लागि डि।आर सुजनलाई यो ठुलो सफलता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय