सशस्त्र प्रहरीको सीमामा बढ्दो सक्रियता
बिहिबार, भदौ २५, २०७७ मा प्रकाशित

बर्दिया, भदौ २५ । सशस्त्र प्रहरीले बिहिबार नेपाल भारतको सीमा क्षेत्रबाट ७७ क्यूफुट सिसौै र ५८ क्युफिट खयर अबैध काठ बरामद गरेको छ । राजापुर बिओपीले राजापुर नगरापालिकाको दुई ठाउँमा सिसौ र खयरका गोलीया बरामद गरेको एसपि एनबि रावतले जानकारी दिए । आइतबार १ लाख १३ हजार बराबर सीमा क्षेत्र बरामद गरेको थियो ।

यस्तै बुधबार ६५ हजार बराबरको अबैध खाद्य सामाग्री बरामद गरेको थियो । दिनदिनै अबैध सामान बरामद पछि सशस्त्र प्रहरीको सीमा क्षेत्रमा सक्रियता बढेको बरामद घटनाले पुष्टि गर्छ । गुलरिया भन्सार कार्यालयमा साउन यता सशस्त्र प्रहरीले अबैध सामान बरामद गरी ५० वटा मुद्धा बुझाईसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर