‘पेरिस्कानो’ मा विद्यार्थीको दुःख
शनिबार, माघ १८, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ १८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले धादिङकी नीरु त्रिपाठीद्वारा लिखित उपन्यास पेरिस्कानोको आज यहाँ लोकर्पण गरेका छन् ।

सो अवसरमा उनले साहित्यले पर्यटन प्रवद्र्धनदेखि संस्कृति र सम्पदाको संरक्षणमा समेत टेवा पु¥याइरहेको बताए । साहित्य बिनाको समाज कल्पनासमेत गर्न सकिँदैन’, उनले भने, ‘साहित्यले समाजको वास्तविक चित्रण गर्दै समाजलाई दिशानिर्देश गर्ने काम गरिरहेको हुन्छ ।

मन्त्री भट्टराईले कला साहित्यको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० लाई सफल तुल्याउन सहयोग मिल्ने भन्दै कलाकार र साहित्यकारका सिर्जनाले मानिसलाई छिटो आकर्षित गर्ने बताए । कला र साहित्यले जो कोहीलाई प्रभावित पार्छ’, उनले भने, ‘कलाकारहरूले साथ दिने अभियान प्राय सफल हुने गरेका छन् ।

पूर्वराजदूत लक्की शेर्पाले अष्ट्रेलियामा बस्ने विद्यार्थीको कथामा आधारित उपन्यासले अष्ट्रेलियामा अध्ययन गर्न जाने नेपालीको वास्तविकता उजागर गरेको बताए । उनले अष्ट्रेलियाका मोहका कारण कैयौँ विद्यार्थीले त्यहाँ पुगेपछि दुःख पाउने गरेको उल्लेख गर्दै पिआर, भिसा, डिभोर्स, फेक म्यारिज जस्ता समस्याले नेपाली विद्यार्थीहरू समस्यामा पर्ने गरेको बताए ।

साहित्यकार विप्लव प्रतीकले उपन्यासले प्रेम र जीवन दर्शनलाई बुझ्न सहयोग पु¥याउने बताउँदै लेखकले लेख्ने बेलामा इष्र्या, घमण्ड र लोभ त्यागेमा मात्र स्वतन्त्र र पठनीय सामग्री तयार हुने धारणा व्यक्त गरे ।

लेखक त्रिपाठीले सोचाइकै भरमा तयार हुने उपन्यासले समाजको यथार्थता पस्कने भन्दै उपन्यासकारले केही पात्रको माध्यमबाट समाजलाई जागरुक बनाउने कार्यमा सहयोग पु¥याइरहेको बताए । लेख्ने क्रममा शब्द नफुर्दा एउटी गर्भवतीलाई लाग्ने जस्तो व्यथा लाग्थ्यो’, उनले भने, ‘विभिन्न व्यथा र कष्टका बाबजुद एउटा कृतिलाई जन्म दिन सफल भएकी छु ।

कार्यक्रममा संगीतकार न्ह्यू वज्राचार्य र बुक हिलका प्रकाशक भूपेन्द्र खडकाले पुस्तकले पाठकको ध्यान तान्न सफल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर