वालिकाको उपचारको लागि समाजसेवी पन्थको ५० हजार सहयोग
बुधबार, असोज १४, २०७७ मा प्रकाशित

असोज १४, काठमाडौं । क्यान्सर रोग (वोनम्यारो)ले पिडित वालिकालाई ५० हजार सहयोग उपलब्ध भएको छ । बर्दिया मधुवन नगरपालिका ढोढरी बस्ने ४५ बर्षिय समाजसेवी तथा नेकपाका नेता सुरेश पन्थले काठमाडौं स्थित कान्तिवाल अस्पतालमा उपचारार्थ बर्दिया राजापुर ८ कि धोविन पुरकि ६ वर्षिय लक्ष्मी तिमिल्सेना बालिकालाई उपचारका लाग सहयोग गरेका हुन ।

फोटाक्याप्सन:कान्तिवाल अस्पतालको वार्डमा सहयोग स्वरुप ५० हजार उपलब्ध गराउँदै पन्थ

जिल्लावासी पन्थ हाल काठमाडौंमा बस्छन् । समाजसेवी पन्थ बिभिन्न समाजिक क्षेत्रमा सहयोग गर्दे आएका छन् । पछिल्लो समय कोभिड १९ संक्रामक रोग नियन्त्रणका लागि विपद व्यबस्थापन समित एक करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेका थिए । पन्थ समाजिक क्षेत्रमा अग्रणी भुमिका देखिन्छन् । राष्ट्रपति बाट बिभुषित सम्मान कार्यक्रममा पन्थले सम्मान थाप्दै छन् ।

विद्यालय गुणस्तर,विपन्न बिद्यार्थीका लागि छात्राबृत्रि,विकास निर्माणका लागि उनको योगदानले जिल्लावासी माझ पन्थ लाकप्रिय छन् । एक महिना अघि देखि ६ बर्षिय बालिकालाई ज्वरो आएको थियो ।कैलाली र बाँकेको नेपालगंज उपचार सम्भव नभएपछि बालिकालाई काठमााडौ स्थित कान्तिवाल अस्पताल पु¥याईएको थियो ।बालिकालाई वोनम्यारो भएको चिकित्सकले पुष्टि गरेका छन् ।
समाजसेवी पन्थले कान्तिवाल उपचारर्थ बालिकालाई अस्पतालको सैयामा गएर ५० हजार सहयोग उपलब्ध गराए ।

‘जिल्लाबासीको नाताले बालिकाको नयाँ जिवनको लागी सहयोग उपलब्ध गराएको छु’पन्थले भने,‘मेरो सानो सहयोगले उनले पुर्नजिवन पाउँने आशा गरेको छु ।’सेवा नै धर्म हो मूल मन्त्रले नै जिवन सुखी हुने उनको भनाई छ ।

आर्थीक अभावले थप उपचार नगराउँने सक्ने अबस्थामा सहयोग रकमले राहात भएको पिडीत बालिकाका बाबु गंगाराम तिमिल्सेनाले बताए । अर्काको खेती किसानी गरेर परिवार पाल्दै आएका छोरो बिरामी हुदा तिमिल्सेनालाई ठूलो बज्रपात परेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर