होसियार ! मास्क लगाउनुस् है !
बिहिबार, असोज २९, २०७७ मा प्रकाशित

२९ असोज, बर्दिया । कोरोना संक्रमणको महामारी दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ । दशै तिहार जस्ता ठुला चाडवाड नजिकिँदै गएको अवस्थालाई मध्यनजर गरी सशस्त्र प्रहरीले मास्क लगाउन जरूरी भन्ने सन्देश दिइरहेको छ ।

लुम्बिनी प्रदेश सशस्त्र प्रहरीले स्वास्थ्य मापदण्ड अपनाउन लागि सीमावर्तीका चौबाटोमा बसेर स्वास्थ्य संदेश दिइरहेका छन ।

मास्क, स्यानिटाइजर वितरण र तापक्रम नापेर सशस्त्र प्रहरीले बर्दियामा पाँच ठाउँमा बसेर स्वास्थ्य संदेश दिइरहेको छ । ३१ नम्बर गणका प्रमुख नवराज रावतले सर्कुलर अनुसार स्वास्थ्य संदेश दिएको बताए ।

उनका अनुसार पाँच वटा विओपीले पाँच ठाउँमा मास्क उपलब्ध गराई स्यानिटाइजर लगाउन र तापक्रमको नाप लिएको जानकारी दिए । उनका अनुसार गुलरिया भन्सार रोडमा खटिएको टोलीले २ हजार मास्क वितरण गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर