सीमावासीका पीडामा मल्हम लगाउँदै केसी
शनिबार, कार्तिक २९, २०७७ मा प्रकाशित

विष्णु अधिकारी
बर्दिया,कात्तिक २९- शनिवार विहान देखि हिन्दुको घरमा कुकुर तिहारको चहलपहल छ । साझ लक्ष्मी पुजा गर्नु छ । साझ पर्न थाल्दा सीमावर्ती टपरी गाउँमा घरमा अन्नको जोहो गर्न केहिपरिवार सोच्न मग्न छन् ।तर,शनिवार बेलुका पीडादायिक दिन हरु काट्दै गरेका नेपाल भारतको सीमा टपरी गाउँमा बस्ने भुपु टोलको २३ घर परिवार अनुहारमा झमक्क साझ पर्न थाल्दा धपक्क बोलेको देखिन्छ ।
शनिवार दिउँसको चार बजे टेपरीको भुपु टोल उत्साहित भयो । त्यो कुनै ठूलो कुरा थिएन । तिहारको पूर्व सन्ध्यामा साझ घरको चुल्हो जल्ने वा नजल्ने भन्ने चिन्तामा रहेका अति विपन्न परिवारको पिडा टरेको थियो । सर्यौ परिवार बसोबास गर्ने गाउँमा २३ परिवार साझ चुल्हो बल्ने खबरले उक्त गाउँमा खुसीयाली छायो । उमेरमा ३४ वर्ष नकाटेका यूवा व्यवसायी विमल केसी र प्रकाश श्रेष्ठको साथमा गुलरिया नगर प्रमुख मुक्तिनाथ यादव,प्रमुख प्रशासकिय अधिकृत धमैराज न्यौपाने र सशस्त्र प्रहरीका एसपि एनवि रावतको टोली पुग्दा भने सीमावासी मख्ख परे ।


त्यतिकैमाकेसीले उपलब्ध गराएको नगर प्रमुख यादवले प्रति परिवारलाई दुई हजार बराबरको सामान(पिठो,रोटी बनाउँने भाडो,दाल र चामल)र नगद एक हजार दिँदा भने गरिबिले मलिन भएको अनुहारमा एक किसिमको उत्साह झल्किन्थ्यो । सीमा रक्षक बनेर बसेका ती मलिन अनुहारमा सीमावासीको पीडा बुझने मानिस भेटिएको कुरा अनुहार पढन सकिन्थ्यो । कमाईको केहि प्रतिसत समाजसेजा गर्ने उदेश्यका साथ अघि बढेका केसीका यो अर्को समाजसेवा अन्तर्गतको काम भएको थियो ।


एक व्यक्तिकोे के कति नै सहयोले गर्ला ?माग भए बमोजिमे प्रयाप्त नहुन पनि सक्छ । विश्व नै कोरोना संक्रमणको लडाई लडिरहेको अबस्थामा यो भएन ,त्यो भएन, नेताले गरेनन् भन्ने धेरै छन् ।मन फुकाएर सहयोग गर्ने कमै भेटिने मध्यमा गनिएका केसीको सीमावासीले जय जय कार गरे ।
दिपावली मनाउँन र कोरोना त्रास बिर्साउन ईतिहास रचेको उनका व्यबसायी सहकर्मी बताउँछन । अरुलाई दोष देखाएर पन्छिने धनका धनि यँहा प्रशस्त छन् । यस्ता अवसरमा सहयोगी बन्न नसक्दा धनाड्य भनेर चिनिने पनि समाजमा गुमनाम भएको प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपानेले बताए ।सकारात्मक पक्षले समाजसेवामा चौर्तफि आवश्यक्ता बन्दै गएका केसी यतिखेर सीमावासी समक्ष पनि लोकप्रिय बने ।
‘पैसाले त कस्लाई पुग्छ र ?’ केसी प्रतिप्रश्न गर्दे भने,‘चाड पर्वमा गरिबको घरमा चुल्हो बलोस भन्ने सहयोगको भावना झल्काएको मात्र हो ।’


यस्तै गरी केसीले विपन्न परिवार वा गाउँ जोड्न सडक निर्माण,घर निर्माण र खाद्यान्न वितरणले समाजमा उनको कद उचो बनाईरहेको छ । पटक पटक समाज सेवाका पिलर यूवा व्यबसायी केसी भएको नगर प्रमख यादवले खुलेर प्रशंशा गरे । ‘सरकारले गर्ने काममा केसीले पटक पटक हातेमालो गरेका छन्,’उनले भने ।
’ ‘समस्यामा परेको बेला सहयोग गर्ने होे,’केसी भन्छन्, ’अहिले त्यसैका लागि एक किसिमले सडक संर्घष गरिरहेको छु ।यस्ता कामबाट दुख होइन, आत्मसन्तुष्टि मिल्छ । जुन सन्तुष्टि लाखौं खर्चेर अर्थोकमा पाइँदैन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय