आइतबार, माघ २६, २०७६ मा प्रकाशित

काठमाडौँ, माघ २६ :  सर्बाधिक  प्रिय  गीत  युवाहरु  माझ   रेलीमै  रेलीमैका  संगीतकर शुभ  बहादुर  सुनामको  नया गीत ‘आँखा  भरि  तिमी  मात्र’ प्रेम  दिवसको  अवसरमा  जस्मा  गायिका  गीता  पाण्डेले  स्वर दिनु भएको गीत अडियोमा सार्बजनिक भएको छ । शब्द तथा सङ्गीत बिसिष्ठ  संगीतकार शुभ बहादुर सुनामको रहेको छ ।यसै  गरि  गीतको  प्रवन्ध  (एरेन्ज) राजेश  कुमार श्रेष्ठले गरेका हुन् । यस गीत म्युजिक पार्कमा रेकरडिंङ्ग गरिएको हो।

तारा देवी, सुक्मित गुरुङ, प्राश्ना  शाक्य  देखि  अहिलेका  युवा गायिका  गीता  पाण्डे सम्म  संगीत  गर्नु  भएका  गीतकार  शुभ बहादुर  सुनाम प्रबल  सम्भावना  बोकेकी नव गायिका  गीता पाण्डेको रुपमा चिनाउनु  हुन्छ ।

प्रेम दिवस अर्थात् भ्यालेनटाईन डे फेब्रुअरी १४ कालागि लक्ष्य गरेर युवा पुस्ता माझ ” आँखा भरि तिमी मात्र ” गीत सार्बजनिक गरेको हो । आगामी दिनमा यस गीतलाई भीडीयो पनि गरिने छ ।

आँखा भरि तिमी मात्र

गीतकार:- शुभ बहादुर सुनाम                           संगीतकार:- शुभ बहादुर सुनाम

गायिका:- गीता पाण्डे                                        गीत संयोजक:- राजेश कुमार श्रेष्ठ

आँखा भरि तिमी मात्र

मुटु भरि तिमी मात्र

संसार भरि तिमी मात्र

ढुकदुकीमा तिमी मात्र

जिन्दगीको पाना भरि

सबै तिर तिम्लाई भेटे

सपनिका कुरा गर्दा

तिमि संग माया साटे

आज भोलि जीवन भरि

साथ माग्छु बिन्ति गरि

छुट्न नदेउ हाम्रो माया

हात समाई बाचा गरि

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय