प्रदेश प्रमुख अधिकारीलाई कोरोना संक्रमण
शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित

१३ मंसिर, विराटनगर । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । अधिकारीलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा शुक्रबार स्वाब नमूना परिक्षण गराउँदा ७२ वषर्ीय प्रमुख अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रमुख अधिकारीसँगै ६४ वर्षीया श्रीमती जानुका अधिकारी र अर्का एक सुरक्षाकर्मीमा समेत संक्रमण देखिएको छ । संक्रमण देखिएसंगै प्रमुख अधिकारी निवासमै आइसोलेसनमा स्वास्थ्यलाभ गरिरहेका छन् ।
प्रमुख अधिकारी केही दिनअघि पोखरास्थित निवास पुगेर विराटनगर बिहीबार फर्किएका थिए । पोखरामा उनको छोरालाई समेत संक्रमण भएको बताइएको छ ।साभार अनलाईन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय