दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
शनिबार, मङि्सर १३, २०७७ मा प्रकाशित

१३ मंसिर दाङमा बस र मोटरसाइकल ठोक्किँदा आज एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–२ कुमलगढीमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको रा१ख २११० नंको बस र पश्चिमतर्फ जाँदै गरेको लु४१प २१३ नंको मोटरसाइकल ठोक्किँदा रोल्पा त्रिवेणी गाउँपालिका–९ निवासी २३ वर्षीय किरण पुनको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक पुनको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो। साथै मोटरसाइकलको पछाडि सवार रहेका सल्यान शारदा नगरपालिका–२ निवासी २१ वर्षीय लक्ष्मण बोहरोको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ। उनको अवस्था सामान्य छ। बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय