बर्दियामा अपराधिक उपद्रका फरार कसुरदार पक्राउ
मङ्गलबार, भदौ २२, २०७८ मा प्रकाशित

बर्दिया, भदौ २२ (फरकसमाचार) / अपराधिक उपद्रका फरार कसुरदारलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । गेरुवा गाउँपालिका–४ जोधीपुर बस्ने ३५ वर्षिय शंकर चालिसेलाई प्रहरीले पक्राउ गरेको हो ।

चालिसेलाई बर्दिया जिल्ला अदालतले ०७८ बैशाख १३ अपराधिक उपद्र कसुर मुद्दमा १० महिन १४ दिन कैद र नगद रु १० हजार जरिवाना सजाय तोकेको थियो । अदालतले सजाय र जरिवाना तोकेको दिनदेखि चालिसे फरार रहेका थिए । ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा चालिसेलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले चालिसेलाई नियन्त्रणमा लिई सजाय र जरिवाना भुक्तान गर्न अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय