अस्पतालको शैयाबाट अर्थमन्त्री शर्माको जयजयकार !
शनिबार, भदौ २६, २०७८ मा प्रकाशित

काठमाडौं भदौ २६ / अस्पतालको शैयाबाटै बर्दिया बनियाभारका मुक्तकमैया राम लखन थारुले अर्थमन्त्रीको जयजयकार गरे ।

मिर्गौलाको डाईलोसिस गरिरहेका उनले विरामीको औषधी उपचार बापतको रकम पाँच हजार सरकारले दिने घोषणा गरेसँगै अस्पतालको शैयाबाट शर्माको अगामी दिन अझै सुखद बनोस भन्ने कामना गर्न समेत भ्याए । आर्थीक अभावका कारण समयमै डाइलोसिस गराउँन कोहलपुर अस्पताल जाँदासम्म भोग्न परेको पिडा स्मरण गरे ।

ऋण लिएर सारा दुनिया भ्याएको उनले सुनाए । ‘दुई मुठि सास हुन जेल बाच्ने चाहना हुदो रहेछ हजुर’उनले भने,‘अस्पतालको शैयामा छटपटाएका विरामीलाई लक्षित गरेको बजेट ल्याउँदा घाउमा मल्हम लागेको छ ।’

बर्दियामा अधिकांश किसानको बसोबास छ । ईमान्दारिता र लगनशिलताको प्रयाय भनेर चिनिने थारु समुदाय किसानी पेशामा संलग्न छन् । कडा मेहेनतले र कडा परिश्रम गरेर खेतमा काम गर्दा स्पाईनल ईन्जुरी, मिर्गाैला समस्या भएर अस्पतालको शैयामा छटपटाउँन बाध्य छन् । यस्ता विरामीलाई बजेटले सम्बोधन गर्दा मुहार खुसी ल्याएको उनले सुनाए । घातक रोगका अस्पतालमा शैयामा छटपटाउँदा परिवारको अपहेलना लगायतका बिभिन्न समस्या जकडिएर मुख खोल्न नपाएका बिरामी भने यस बजेटले खुसी तुल्याएको छ ।

अर्थमन्त्रीले मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर रोगी र मेरुदण्ड, पक्षघातका बिरामीलाई औषधी उपचार खर्चबापत मासिक पाँच हजार रूपैयाँका दरले उपलब्ध गराइने पनि घोषणा गरेका छन् ।

प्रतिस्थापन विधयेकमा अर्थमन्त्री शर्माले कोरोना महामारीबाट प्रभावित भई रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका अतिविपन्न पाँच लाख परिवारलाई १० हजारका दरले निश्चित मापदण्डका आधारमा अनुदान प्रदान गरिनेसमेत घोषणा गरेका छन् । साथै कोरोनाबाट प्रभावित व्यवसाय पुनरुत्थानका लागि प्रदान गरिने राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रमलाई थप निरन्तरता दिइने घोषणा गरिएको छ ।

कृषि तथा पशुजन्य व्यवसायमा रहेको जोखिम न्यूनीकरण गर्न कृषि बाली तथा पशु बिमाको दायरा विस्तार गरी दिइँदै आएको बिमा प्रिमियम अनुदान ५० प्रतिशतबाट बढाएर ८० प्रतिशत पु¥याइएको छ ।
यसरी घोषणा गरिएको रकम स्थानीय तह मार्फत यही असोज मसान्तभित्र हस्तान्तरण गरिने घोषणा गरिएको छ ।

यूवा र यूवतिको पक्षमा बजेट

स्वदेशमा रोजगारी नपाएको भन्दै ठुलो संख्यामा युवायुवती वैदेशिक रोजगारीमा गइरहेको बेला सरकारले त्यस्ता युवालाई लक्षित गरी चालु आवका लागि कार्यक्रम घोषणा गरेको छ । शिक्षाको गुणस्तरका लागि विस्तृत योजना बनाई कार्यान्वयनमा ल्याइने बताउँदै अर्थमन्त्री शर्माले प्राविधिक शिक्षा अध्ययन गर्ने कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्दै कमाउँदै कार्यक्रम तय गरिएको छ ।

शुक्रबार अर्थमन्त्री शर्माले प्रतिनिधि सभामा पेस गरेको प्रतिस्थापन विधेयकमा लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारीबाट फर्किएकालाई विनाधितो प्रदान गरिने सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रमलाई विस्तार गरिने उल्लेख छ ।

उक्त कार्यक्रममा दलित समुदाय व्यवसाय विकास कर्जालगायत उत्पादनका क्षेत्रमा स्वरोजगार बनाउन विनाधितो सहुलियतपूर्ण कर्जा प्रदान गरिने उनले बताएका छन् । यस्तो कार्यक्रमका लागि युवालाई सिप तथा उद्यमशील तालिममा प्राथमिकता दिई वाणिज्य बैंकका शाखामार्फत प्रत्येक पालिकामा कम्तीमा पाँच सय बेरोजगार युवालाई ऋण प्रदान गरी स्वरोजगार बनाइने विधेयकमा उल्लेख छ ।

सोही विधेयकमा राज्यबाट प्रदान गरिने सबै प्रकारका सामाजिक सुरक्षा कार्यक्रमलाई दिगो आम्दानीको स्रोत व्यवस्थापन गर्न उच्च आय प्राप्त हुने क्षेत्रमा लगानी गर्ने उल्लेख छ । सामाजिक सुरक्षाका सबै कार्यक्रमलाई एकीकृत गरी थप प्रभावकारी बनाउन आवश्यक अध्ययन गरिने भनिएको छ । त्यस्तै बेरोजगार युवाको विस्तृत लगत अध्यावधिक गरी एकीकृत अभिलेख तयार पारिने उक्त विधेयकमा भनिएको छ ।

शिक्षक र बिद्यार्थी दुबै खुसी

शिक्षकहरुको स्वास्थ्य उपचारका लागि सरकारले छुट्टै अस्पताल बनाउने घोषण गरेको छ । यसका लागि अध्ययन गरिने अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बताए ।

एमालेका सांसदहरुको नाराबाजीका बीच प्रस्तुत विधेयकमा उनले प्रत्येक प्रदेशमा शैक्षिक उत्कृष्टता केन्द्र स्थापना गर्ने योजना समेटेको सुनाए । उनले सो केन्द्रलाई अत्याधुनिक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

संसदमा उनले गुणस्तरीय शिक्षाका लागि विद्यालय नक्शांकन गरिने बताए । सो अन्तर्गत प्रदेशका केही विद्यालयलाई नमूना विद्यालयका रुपमा सञ्चालन गरिने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय