काभ्रेका इँटा व्यवसायी लामामाथि विराटनगर अदालतको गेटैमा खुकुरी प्रहार
आइतबार, असोज १०, २०७८ मा प्रकाशित

विराटनगर, असोज १० / काभ्रेका इँटा व्यवसायी कमानसिंह लामामाथि आइतबार विराटनगर उच्च अदालतको गेटैमा खुकुरी प्रहार भएको छ।

उनीमाथि विराटनगर–६ रामपुरका २५ वर्षीय बिमल कार्कीले खुकुरी प्रहार गरेका हुन्।

उनले खुकुरी प्रहार गर्नुको कारण भने खुलेको छैन। कार्कीले आज मध्यान्ह उच्च अदालतको गेटै अगाडि लामालाई खुकुरी प्रहार गरेर घाइते बनाएका थिए।

घाइते लामा काभ्रेका इँटा व्यापारी भएको प्रहरीले जनाएको छ। घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको छ।

खुकुरी प्रहार गर्ने कार्कीलाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए।

‘अदालत बाहिर खुकुरी प्रहार भएको रहेको छ,’ उनले भने, ‘घटनामा संलग्नलाई हामीले पक्राउ गरिसकेको छौं।’ यस विषयमा  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय