बेवारिसे अवस्थामा घाँसको बिउँ बरामद
मङ्गलबार, असोज १२, २०७८ मा प्रकाशित

बर्दिया, असोज ११ (फरकसमाचार)

भन्सार छली अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको घाँसको बिउँ प्रहरीले सोमबार बरामद गरेको छ । प्रहरीले गुलरिया नगरपालिका–६ स्थित बेवारिसे अवस्थामा राखिएको घाँसको बिउ बरामद गरेको हो ।

बरामद बिउँ ६० किलोग्राम मुल्य रु १८ हजार बराबर रहेको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ । बरामद बिउँ राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय