कुलोमा डुबेर युवकको मृत्यु
शुक्रबार, असोज २२, २०७८ मा प्रकाशित

दाङ,असोज २२ / दाङको घोराहीमा एक युवकको पानीमा डुबेर मृत्यु भएको छ।

घोराही उपमहानगरपालिका वडा नं.  ६ का २६ वर्षीय गुरूप्रसाद चौधरीको शुक्रबार बिहान गाउँ नजिकैको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

बिहान साढे आठ बजेतिर चौधरी मृत फेला परेको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। चौधरीको परिवारले गुरुप्रसाद छारे रोगका बिरामी रहेको जानकारी दिएको एसपी काफ्लेले बताए।

‘बिहान हिँड्दै गर्दा छारे रोग भएपछि चौधरी पानीमा कुलोमा ढल्न पुगेको र डुबेर मृत्यु भएको अनुमान गरिएको छ,’ एसपी काफ्लेले भने, ‘घटनाबारे अनुसन्धान जारी छ।’ शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय