बर्दियामा थप १० जनामा कोरोना संक्रमण पुष्टि
सोमबार, असोज २५, २०७८ मा प्रकाशित

बर्दिया, असोज २५ (फरकसमाचार) / जिल्लामा थप १० जनामा कोरोना संक्रमण सोमबार पुष्टि भएको छ । ६ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

जिल्लामा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसंगै संक्रमितको संख्या ७ हजार ३ सय ५८ पुगेको छ । त्यसैगरी सोमबार ५ जना निको भएका छन् । निको हुनेको संख्या ७ हजार ३९ पुगेको छ । १ सय ४ जनामा भाइरस सक्रिय रहेको छ ।

सक्रिय संक्रमित मध्ये ९८ होम आईसोलेसनमा र ६ जना अस्पतालमा उपचाररत छन् । जिल्लामा कोरोना संक्रमणले मृतकको संख्या २ सय १५ पुगेको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

कोभिड–१९ बिरुद्ध जिल्लामा १ लाख १४ हजार ५ सय ३५ जनालाई पहिलो डोज खोप लगाईएको छ भने ७७ हजार ९ सय १६ जनालाई दोस्रो डोजको खोप लगाईएको स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय