असोज २६ / मुगुमा भएको बस दु" />
मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते
मङ्गलबार, असोज २६, २०७८ मा प्रकाशित

काठमाडौं,असोज २६ / मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ । यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए । उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत मुगुको जिल्ला अस्पताल, नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्धारकार्य जारी रहेको छ ।

नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको बस मंगलबार दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको हो ।   भे १ ख ३१६७ नम्बरको बस सडकबाट झन्डै ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

बस दुर्घटनापछि उद्दारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकोप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको छ । सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ ।रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय