बेवारिसे अवस्थामाअबैध सामान बरामद
मङ्गलबार, कार्तिक ०२, २०७८ मा प्रकाशित

बर्दिया, कात्तिक २ (फरकसमाचार) / भारतबाट अबैध रुपमा ल्याई बेवारिसे अवस्थामा राखिएको सामान प्रहरीले बरामद गरेको छ ।

मधुबन नगरपालिका–५ गाऊँ नंम्बर १० र ११ को बिभिन्न स्थानबाट अबैध सामान असोज २६ देखि ३१ गतेसम्म प्रहरीले बरामद गरेको थियो ।

दशैं बिदाको समयमा भन्सार कार्यालय बन्द रहेकोले प्रहरीले बरामद गरेको अबैध सामान ईलाका प्रहरी कार्यालय ढोढरीमा राखेको थियो । बरामद सामान मंगलबार प्रहरीले राजापुर भन्सार कार्यालय गुलरियामा बुझाएको छ ।

प्रहरीले गस्ती गर्ने क्रममा चिनी, बिडी र सुर्तिजन्य पदार्थ मुल्य रु २० हजार बराबरको सामान बरामद गरेको ईलाका प्रहरी कार्यालय ढोढरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय