बर्दियामा मतदाता नामावली संङकलन सुरु हुदै
मङ्गलबार, मङि्सर १४, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया,मंसिर १४

जिल्ला निर्वाचन कार्यालय बर्दियाले मतदाता नामावली संङकलन सुरु गर्ने भएको छ । जिल्ला निर्वाचन कार्यालयले यहि मंसिर १७ गतेबाट पाँच वटा पालिकामा मतदाता नामावली संङकलन सुरु गर्ने योजना बनाएको हो । कोही नछुटुन र कोही नहो¥योन भन्ने अभिप्रायले नामावली संङकलन हुदैछ ।

जिल्लाको आठ स्थानीय तह मध्ये तीन वटा पालिकामा भदौदेखि मतदाता नामावली संङकलन भईरहेको छ भने पाँच वटा पालिकामा यहि मंसिर १७ गतेबाट सुरु हुदै छ । गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा मंसिर १७ गतेबाट पुस २ गतेसम्म मतदाता नामावली संङकलन हुनेछ । त्यसैगरी मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा पुस ४ गतेदेखि पुस १८ गतेसम्म हुनेछ । गुलरिया नगरपालिका, बाँसगढी र राजापुर नगरपालिकामा भदौदेखि मतदाता नामावली संङकलनको कार्य भईरहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुद्धि बहादुर खत्रीले जानकारी दिए ।

त्यसैगरी बाह्य जिल्लाको मतदाता नामावली निर्वाचन कार्यालयमा मात्र हुन्छ । नागरिकतामा रहेको ठेगानामा मतदाता नामावली दर्ता मंसिर १७ गते एक दिन मात्र हुनेछ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख खत्रीले आ–आफ्नो ठाउँबाट मतदाता नामावली संङकलन कार्यमा सहयोग गर्न अपिल गरे । कोही नामावली दर्ता गराउन छुटेको भए सो समयमा नजिकको ईलाका प्रशासन कार्यालय वा प्रशासन कार्यालयमा गई नामावली दर्ता गराउन आग्रह समेत गरे ।

आइतबारसम्म जिल्लामा २ लाख ९९ हजार ४ सय ५० मतदाताको संख्या रहेको प्रमुख खत्रीले जानकारी दिए । नामावली दर्ता गराउन नागरिकता, बसाईसराई प्रमाण वा विवाह दर्ता कुनै एउटा कागजात आवश्यक पर्नेछ । मतदाता नामावली संङकलन गरी आम जनताको पहुँचलाई सहज गर्ने र मतदाता नामावलीमा छुटेकालाई समेट्ने उदेश्यकासाथ संङकलनको कार्य अघि बढाएको प्रमुख खत्रीले बताए ।

सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनार, जिल्ला समन्वय समितिका प्रमुख शंकर प्रसाद थारु, नेपाल प्रहरी उपरीक्षक ईश्वर कार्की, सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर रावत, पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष यादव आचार्य र सम्पुर्ण राजनितिक दलका प्रतिनिधहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय