एकीकृत समाजवादी कर्णाली प्रदेश संसदीय दलको सचेतकमा देवी ओली
बुधबार, मङि्सर १५, २०७८ मा प्रकाशित

सुर्खेत, मंसिर १५ / नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेश सभा संसदीय दलको सचेतकमा देवी ओलीले जिम्मेवारी पाएकी छन्।

मंगलबारको दलको बैठकले उनलाई सचेतकको जिम्मेवारी दिएको हो।

तीन सदस्यीय नेकपा (एस) को संसदीय दलका नेता चन्द्रबहादुर शाही छन्। उनी अहिले प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री पनि हुन्।

नेकपा (एस) कर्णाली प्रदेश सभा दलमा शाही, ओली र अर्का सांसद पदमबहादुर रोकाया छन्। नेपाली काँग्रेससँग सत्ता साझेदारी गर्दै आएको नेकपा (एस)ले कर्णालीमा तीनवटा मन्त्रालयको दावी गरेको छ ।सेतोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय