लागु औषध कसुरमा एक पक्राउ
शनिबार, मङि्सर २५, २०७८ मा प्रकाशित

बर्दिया,मंसिर २५ (फरकसमाचार) / लागु औषध कसुरमा फरार रहेका एक जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेका छ । प्रहरीले गुलरिया नगरपालिका –४ का केशब गुरुङलाई पक्राउ गरेको हो ।

गुरुङलाई जिल्ला अदालतले ०७७ साल फागुन १५ गते लागु औषध मुद्दामा २ महिना २५ दिन कैद सजाय तोकेको थियो । कैद सजाय पाएका गुरुङ उक्त दिन देखि फरार रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गुलरिया नगरपालिका–६ स्थितबाट गुरुङलाई नियन्त्रणमा लिएको हो । कैद सजाय भुक्तान गर्न प्रहरीले जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय