निर्वाचन कार्यालय बर्दियाका प्रमुख आफै मतदाता नामावली संकलन गर्दै
शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

राम प्रसाद चौहान

बर्दिया, पुस २

सरकारी कार्यालय प्रमुख कुर्सीमा बस्ने अडर दिने गरेको अधिकांश कार्यालयमा देखिन्छ । फाँटमा काम गर्ने कर्मचारी आ–आफ्नै काम कर्तव्य अधिकार हुन्छ । त्यस मध्य जिल्ला निर्वाचन कार्यालयका प्रमुख बुध्दि बहादुर खत्री नामावली संकलनका लागि आउँने सेवाग्राहीको काम ठूलो सानो देख्दैनन् ।

यतिबेला व्यस्त निर्वाचन कार्यालयमा खत्री फोटो खिच्न आफै खटिएको दृश्यले सेवा ग्राही माँझ लोकप्रिय बन्न सफल भएका छन् । बिहिबार दिउँस फरक समाचार संबाददाता कार्यालय पुग्दा खत्री आफै खटिएको दृश्यको सेवा ग्राही सकारात्मक प्रतिक्रिया दिए ।

‘हाकीम, भनेका पनि यस्ता हँुदा रहेछन’ एक सेवाग्राहीले भने, ‘कर्मचारी कम हुँदा पनि सेवाग्राहीलाई महशुश भएको छैन ।’ कार्यालय प्रमुख आफै खटिएको देख्दा सेवाग्राहीहरु खुसी व्यक्त गरे ।

जिल्ला निर्वाचन कार्यालय बर्दियाका निर्वाचन अधिकारी आफै मतदाताहरुको नामावली संकलन गर्न लागि परेका छन् । नामावलि देखि फोटो कैद गर्ने सम्मको काम उनी आफै सक्रिय छन् । निर्वाचन अधिकारी देखि कार्यालय सहयोगी सम्म मतदाताको नामावली संकलनमा जुट्दा पनि भ्याई नभ्याई छ ।

जिल्ला निर्वाचन कार्यालयले मंसिर १७ गतेबाट पाँच वटा पालिकामा मतदाता नामावली संङकलन सुरु गरेको हो । कर्मचारीको अभावका कारण निर्वाचन कार्यालयका कार्यालय प्रमुख र चालक मतदाता नामावली संकलनका लागि खटिएरहेका छन् ।

निर्वाचन कार्यालयमा कर्मचारी अभावका कारण कार्यालय प्रमुख आफै मतदाताहरुको नामावली संकलन गरिरहेका छन् । निर्वाचन कार्यालयमा ७ जना कर्मचारीको दरबन्दी रहेको निर्वाचन अधिकारी खत्रीले जानकारी दिए । जुन प्रयाप्त छैन । सबै जना मतदाता नामावली संकलनमा लाग्दा भ्याई नभ्याई रहेको उनले बताए ।

निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार मंसिर १७ देखि मंसिर २९ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई नामावली संकलन गराउनेको संख्या २ सय ७० रहेको छ । जिल्ला प्रशासन कार्यालयमा उपस्थित भई नामावली संकलन गराउनेको संख्या ३ सय ७८ छ । त्यसैगरी ईलाका प्रशासन कार्यालय राजापुरमा १ सय ७७, ईलाका प्रशासन कार्यालय बाँसगढीमा १ सय ७२, गेरुवा

गाउँपालिकामा ७ सय ४४, ठाकुरबाबा नगरपालिकामा १ हजार ३ सय १५ र बारबर्दिया नगरपालिकामा १ हजार १ सय ९२ जनाको मतदाता नामावली संकलन गरेको निर्वाचन कार्यालयको रेकर्डले देखाएको छ । जिल्ला बाहिरको ११ जनाले मतदाता नामावली दर्ता गराएको रेकर्डले पुष्टि गर्छ । बाह्य जिल्लाको मतदाता नामावली निर्वाचन कार्यालयमा मात्र हुने गरेको छ ।

मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा मतदाता नामावली पुस ४ गते देखि पुस १८ गतेसम्म संकलन गर्ने निर्वाचन कार्यालयको योजना रहेको छ ।

गुलरिया, राजापुर र बाँसगढी नगरपालिकामा भदौ देखि मतदाता नामावली संकलन भईरहेको छ । गेरुवा गाउँपालिका, ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकामा मंसिर १७ गतेबाट पुस २ गतेसम्म मतदाता नामावली संकलन भएको हो । मतदाता नामावली दर्ता गराउन नागरिकताको प्रमाण पत्र, बसाईसराई प्रमाण वा विवाह दर्ता कुनै एउटा कागजात आवश्यक रहेको छ ।

कात्तिक अन्तिमसम्मको तथ्यांकले जिल्ला भित्र र बाह्य जिल्लाका २ लाख ९८ हजार १ सय २३ मतदाताको संख्या रहेको निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धर्मराज चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय