लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला संस्थाको बैठक सम्पन्न
बुधबार, पुष ०७, २०७८ मा प्रकाशित

बर्दिया, पुस ७ (फरकसमाचार)

लैङ्गिक हिंसा न्यूनिकरणका लागि सरोकारवाला संस्थाले मंगलबार बैठक गरेका छन् । लैङ्गिक हिंसा न्युनिकरण संजाल समितिको बैठक जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीको संयोजकत्वमा भएको हो ।

प्लान इन्टरनेशनल नेपाल, साथी संस्था बाँके, शान्ति पुनस्र्थापना केन्द्र गुलरियाको सहयोगमा आगामी सन् २०२२ जनवरी भित्र बर्दियाको सिमा क्षेत्रमा पर्ने चार वटा बिद्यालयमा लैङ्गिक हिंसा न्युनिकरण र अवैध दुव्र्यसनी सम्बन्धि सचेतनामुलक कार्यक्रम गर्ने छलफल गरिएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको ओमीक्रोन तेस्रो भेरियन्टको असरलाई मध्यनजर गर्दै सामान्य अवस्थामा नियमित भौतिक बंैठक बस्ने र नयाँ भेरियन्टको अवस्थामा भर्चुअल बैठक बस्ने भनिएको छ ।

बर्दिया जिल्लामा रहेका बिद्यालय स्तर र उच्च माध्यमिक स्तरमा अध्ययन गर्ने किशोर किशोरीहरुलाई लक्षित गरि माइति नेपालको नेतृत्वमा अन्य सरोकारवाला संस्थाको सहयोगमा र जिल्ला स्तरिय लैङ्गिक हिंसा न्युनिकरण संजाल समितिको संयोजनमा मानव बेचबिखन तथा बाल विवाह सम्बन्धि सचेतना मुलक कार्यक्रम गर्ने योजना रहेको छ ।

सम्पुर्ण कार्य गर्दा कानुनी सहयोगका लागी जिल्ला बार एशोसियसनसंग परामर्श लिने र अन्य सहयोगी संस्था र नागरिक समाजसंग सहयोग लिई अगाडि बढ्ने भनिएको छ ।

प्रहरी उपरीक्षक ईश्वर कार्कीको संयोजकत्वमा बसेको बैठकमा प्रहरी निरीक्षक चक्रबहादुर डमरपाल, साथी संस्थाका परियोजना संयोजक कुलराज दहित, गुलरिया नगरपालिकाकी महिला तथा बालबालिका शाखाकी शिला शाह, शान्ति तथा पुनस्र्थापना केन्द्रकी सपना शर्मा लगायत बिभिन्न संघसस्थाका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय