बाह्रांै दिनको खेलमा मैनाबहुरिया र जय दुर्गा भवानी युवा क्लव बिजयी
बिहिबार, पुष २२, २०७८ मा प्रकाशित

बर्दिया,पुस २२ (फरकसमाचार)

लिग चरणको बाह्रौं दिनको खेलमा मैनाबहुरिया युवा क्लव र जय दुर्गा भवानी युवा क्लव बिजयी भएका छन् । बुधबार भएको पहिलो खेल मैनाबहुरिया युवा क्लव र सोल्टी ११ युथ क्लव बिच भएको हो । पहिलो खेल सुन्यका बिरुद्ध आठ गोल गर्दै मैनाबहुरिया युवा क्लव भारी मत गोल अन्तरले बिजयी भएको छ । मैनाबहुरिया युवा क्लवका तर्फबाट अक्षय कुमार र राजन रावतले दुई दुई गरे गोल त्यस्तै आशिष थारु, करण शाहि, बिपिन थारु र प्रकास महतले एक एक गोल गरेका थिए ।

त्यस्तै दोस्रो खेल नव युवा मैत्री भाव एकता समाज र जय दुर्गा भवानी युवा क्लव बिच भएको थियो । दोस्रो खेलमा जय दुर्गा भवानी युवा क्लव शुन्यका बिरुद्ध ५ गोल गर्दै बिजयी भएको हो । जय दुर्गा भवानी युवा क्लवका तर्फबाट मदन सुनार एक्लैले ३ गोल गरेका थिए भने बिजय क्षेत्री र निश्चल महतले एक एक गोल गरेका थिए ।

प्रतियोगिता पुस १० गतेदेखि सुरु भई पुस २४ गतेसम्म लिग चरणको खेल हुनेछ । पुस २५ गते सेमि फाइनल र पुस २६ गते फाईनल खेल हुने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल संघमा आबद्ध जिल्लाका १२ वटा क्लबले यस प्रतियोगितामा सहभागिता जनाएका छन् । जिल्ला फुटबल लिग प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५५ हजार र दोस्रो हुने टिमलाई रु ३० हजार नगद पुरस्कार दिने आयोजकले जनाएको छ । बढैयाताल गाउँपालिका–८ स्थित मयुर बस्ती युवा क्लवको खेल मैदानमा भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय