‘कान्छी तिम्रो’ सार्वजनिक
सोमबार, फागुन १२, २०७६ मा प्रकाशित

काठमाडौं, फागुन १२ : गायक गोविन्द गुरागाईँको ‘कान्छी तिम्रो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार सामाजिक सञ्जाल युट्युवमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा गुरागाईँको शब्द र संगित रहेको छ । गीत युवापुस्ता लक्षित भएको गायकले बताएका छन् ।गीतमा विपीन अधिकारीको छाँयांकन रहेको छ भने भिडियोलाई अर्विट पोखरेलले निर्देशन गरेका हुन् ।

विजय तामाङले कोरियोग्राफी रहेको गीतमा विजय तामाङ, रमी राई, सिर्जना सेन्च्युरी, अञ्जन गजमेर, सुजन तामाङ, विशाल तामाङ, सन्तोष तामाङको नृत्य देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय