थारु समुदायको माघी खल्लो ः ‘वर्षदिनको चाडपर्व पनि सुनसानमै बित्ने भयो’

बर्दिया, माघ १ (फरकसमाचार)

नयाँ नयाँ कपडा लगाएर बालबालिका फरयाक फुरुक्क गर्दा बस्तीमा देखिने उज्यालो । पाहुनाको आउँ जाउँले महिला घर धन्धामा व्यस्तता हुदा क्षण । स्वागतका लागि घर मुलि वनकसको खटियामा आगनमा पाहुनालाई स्वागत गर्न हतारो ।

थारु समुदायमा नाच गान भोज भतेर नहँुदा माघि उत्सव निरासामा बदलिएको दृश्य थारु गाउँमा जताततै देखिन्छ । माघीको पूर्व सन्ध्यामा कोरोनाको तस्रो लहरको जोखिममा पर्ने त्रासमा प्रशासनले लगाएको सूचनाले माघी खल्लो भएको हो ।

माघी मान्न आफ्ना आफन्तलाई उनीहरुले सातादिन अघि नै निम्तो दिइसक्छन् । माघी मान्न आउनेको लिष्ट तयार भएर सोही अनुसार आफ्नो घरमा खान्की तथा बङ्गुरको मासु (जीता) अर्डर गर्छन् ।

यसपाली पनि धेरैले जीता (बंगुरको मासु) अर्डर गरिसकेको भए पनि अहिले आएर प्रशासनले धेरै जमघट गर्न नपाइने सूचना जारी गरेकोले पाहुना एक र अर्काको घरमा नजाने भएका हुन् ।

थारू समुदायमा जाँडलाई एक विशेष प्रकारको खान्कीकै रुपमा लिइन्छ । थारू समुदायले जाँड कूल देउतालाई प्रशादका रुपमा चढाउनुका साथै पाहुना सत्कारमा पनि दिने गर्छन् । हो त्यही जाँडलाई मुख्यलयका रुपमा ढालिएको गीतले यतिबेला थारु समुदायका वस्ती गुञ्जायमान बनिसक्ने शिक्षक अरुण चौधरीले बताए ।

तर,नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमणको जखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय बर्दियाले जिल्लामा मेला, महोत्सव तथा भिडभाड नगर्न सूचना जारी गरेपछि भने माघीमा रमाउने थारू बस्ती चहलपहल नहुँदा सुनसान बने ।

सरकारले जारी गरेको सूचना अनुसार भिडभाड गर्न नहुने भनेपछि आफ्नो पुर्खौदेखि मनाउँदै आएको माघी पर्व मनाउने कि नमनाउने भन्नेमा अलमलिएको एक थारु अगुवाले बताए । ‘अहिलेसम्म त थारू गाउँमा चहलपहल बढिसक्थ्यो,’ उनले भने,‘यसपालि भने कोरोनाको नयाँ भेरियन्ट आएको हल्ला सुन्ने वित्तिकै माघी मनाउने कि नमनाउने भन्ने अलमलमा छौँ ।

’ पुस मसान्तका दिन गाउँमा भलमन्सा, चौकीदार, शाहू महार्जनको बैठक बसाएर माघी मनाउने कि नमनाउने भन्ने निर्णय गर्ने उनले बताए । ‘आफ्नो पुर्खौदेखिको चलन मनाऔँ भने प्रशासनको डर छ,’ उनले भने,‘नमनाऔँ भने वर्षदिनको चाडपर्व पनि सुनसानमै वित्ने भयो ।’

थारू समुदाय माघे संक्रान्तिलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पुसको अन्तिम दिनलाई थारू समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन् । पुरानो वर्षको बिदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ । ‘जीता’ को प्रशादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुमा नाच नाच्ने गर्दछन् ।

माघी आउनु एक साता अघिदेखि नै थारू गाउँमा मघौटा, धमार झुम्रा नाचले चहलपहल बढी सक्थ्यो । यस्तै थारूहरू माघ महिनामा भलमन्सा, चौकीदार र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको हुन्थ्यो । तर, यसपाली भने अहिलेसम्म चहलपहल बढेको छैन ।

कोरोनाका कारण जमघट हुन नपाउने र मनोरन्जनमा सरकारी रोकले गर्दा माघी मनाउने कि नमनाउने भन्नेमा अलमलिएका थारू गाउँमा अहिलेसम्म चहलपहल बढेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर