आज सर्वदलीय बैठक
शनिबार, माघ ०८, २०७८ मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान बस्नेगरी सर्वदलीय बैठक बोलाएका छन्।

संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकका लागि बोलाइएको छ। स्थानीय तहको निर्वाचन, संघीय संसद्मा उत्पन्न गतिरोध अन्त्य, कोरोना संक्रमणको तेस्रो लहरलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

अहिले सत्ता गठबन्धन दलबीच नै स्थानीय चुनाव पहिला कि संघीय संसद्को चुनाव पहिला गराउने भन्ने विवाद छ। त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले आफ्नो पार्टी विभाजन भएपछि संघीय संसद्का बैठक सञ्चालनमा अवरोध खडा गर्दै आएको छ।

एमालेको अवरोधका कारण संसद् निष्प्रभावी बन्दै गएको छ। एमाले विभाजनका लागि सभामुखले सहयोगी भूमिका निर्वाह गरेको उसको आरोप छ। यसैगरी दुई सातायता मुलुकमा कोरोना संक्रमण तीव्र बनेको छ।

यिनै विषयमा छलफल गरी निकास खोज्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन्। प्रमुख प्रतिपक्षी एमालेले यसअघि प्रधानमन्त्रीले बोलाएका सर्वदलीय बैठक बहिष्कार गरेको थियो। साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय