असार ३ / संसदको अन्तर्राष्" />
अमेरिका भ्रमणबारे स्पष्ट पार्न प्रधानमन्त्रीलाई संसदीय समितिले बोलायो
शुक्रबार, असार ०३, २०७९ मा प्रकाशित

काठमाडौं,असार ३ / संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे प्रष्ट पार्न छलफलमा बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो । असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्री देउवालाई बोलाउने निर्णय भएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन्।

आजको बैठकमा एसपीपी सम्झौताका विषयमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार छलफल भएको थियो । समितिले परराष्ट्रमन्त्री नारायण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासँग छलफल गरेको हो ।

छलफलमा सांसदहरुले एसपीपीका सम्बन्धमा परराष्ट्रमन्त्री र प्रधानसेनापतिलाई प्रश्न गर्दै यसबारे धारणा मागेका थिए । उनीहरुले एसपीपी सम्झौता देशको हितमा नरहेको समेत जिकिर गरेका थिए । सो सम्बन्धमा जवाफ दिँदै प्रधानसेनापति प्रभुराम शर्माले अमेरिकालाई पत्र लेखेको साँचो भएको तर सैन्य समझदारीका लागि नभएको बताए ।  यसैगरी परराष्ट्रमन्त्री नारायण खड्काले एसपीपी सम्झौताको ‘च्याप्टर क्लोज’ भइसकेको बताएका थिए । रातोपाटीबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय