सालको गोलिया र चिरान काठ बरामद
शुक्रबार, असार १७, २०७९ मा प्रकाशित

बर्दिया, असार १७ (फरकसमाचार) / बेवारिसे अवस्थामा राखिएको सालको गोलिया र चिरान काठ प्रहरीले बरामद गरेको छ । मधुवन नगरपालिका–७ स्थितबाट बिहीबार बिहान बेवारिसे अवस्थामा प्रहरीले काठ बरामद गरेको हो ।

प्रहरी चौकी तारातालबाट खटिएको गस्ती टोलीले काठ बरामद गरेको छ । प्रहरीका अनुसार बेवारिसे अवस्थामा बरामद भएको सालको गोलिया र चिरान काठ २५ क्युफिट छ ।

बरामद भएको सालको काठ कारवाहीको लागि सब डिभिजन वन कार्यालय सानोश्रीमा बुझाएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय