लागु औषधका सेवनकर्ता र कारोबारी धमाधम पक्राउ गर्दै
बुधबार, साउन १८, २०७९ मा प्रकाशित

बर्दिया, साउन १८ (फरकसमाचार) / लागु औषधका सेवनकर्ता र कारोबारीलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ । बढैयाताल गाउँपालिका–८ दशगजा नजिकबाट लागु औषधसहित तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मधुवन नगरपालिका–५ का ललित बहादुर गुरुङ, समिर सार्की र वडा नम्बर ६ का किरण वंशी मगर रहेका छन् ।

दशगजा नजिक शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिई खानतलासी गर्दा लागु औषध ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले तीनै जनाको साथबाट ५ सय ५० मिलिग्राम लागु औषध ब्राउन सुगर, पल्सर मोटरसाईकल १ थान र ३ थान मोबाईल फोन बरामद गरेको छ ।

त्यसैगरी प्रहरीले तीन दिन अघि मधुवन नगरपालिका–८ गाउँ नम्बर ६ का दोर्णराज गुरुङ र बेद प्रसाद जैसीलाई लागु औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको थियो ।

जिल्लामा लागु औषधका सेवनकर्तालाई निरुत्साहित गर्न प्रहरीले सुक्ष्म अभियान चलाएको छ । लागु औषधका सेवनकर्तालाई नियन्त्रण लिन प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुर्य प्रकाश सुवेदीले बताए । प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

खुल्ला सिमानाको फाइदा उठाउदै लागु औषध दुव्र्यसनीमा लागेका युवाहरु सिमावर्ती भारतीय बजारमा जाने गरेको एक स्थानीयले बताए । ‘दुव्र्यसनीमा लागेका युवाहरु सिमावर्ती भारतीय बजार बलाईगाउँ लौकाही पुग्छन्’ उनले भने, ‘भारतीय सिमावर्ती बजारमा लागु औषध सजिलै पाउने र दशगजासम्म ल्याईदिने भएपछि दुव्र्यसनीमा लागेका नेपाली युवाहरु जाने गरेका छन् ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय